बिर्तामोड, झापाका तीन युवा गर्भवती महिला खोज्दै इलाम पुगेका छन् ।

शिवसतासी नगरपालिकास्थित माइधारका उद्धव पौडेल सहित प्रकाश वास्कोटा र सूर्यप्रसाद अधिकारी गर्भवती महिला खोज्दै इलाम पुगेका हुन् ।

विश्व स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा पुण्य फाउण्डेशन झापाले ‘स्वास्थ्य आमा स्वास्थ्य वच्चा’ भन्ने अभियान सहित ग्रामीण क्षेत्रका महिलालाई स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मीको टोली इलाम पुगेको पौडेलले बताउनुभयो । विश्व स्वास्थ्य दिवस अप्रिल ७ मा मनाइने गरिएको छ ।

अस्टे«लियामा रहेको पुण्य फाउण्डेशनसंग सहकार्य गर्दै आफूहरुले कार्यक्रम सञ्चालन गरेको र इलामको माई नगरपालिका – ८ का १८ जना गर्भवती महिलालाई आफूहरुले सेवा दिएको पौडेलले बताउनुभयो । उनीहरुलाई आइरन चक्की, क्याल्सियम र भिटामिन सहितको आवश्यक पर्ने सम्पूर्ण औषधि निःशुल्क प्रदान गर्दै गर्भवती अवस्थामा आउनेसक्ने जटिलताका वारेमा समेत जानकारी दिएको बताइएको छ ।

‘ईम्पावरमेन्ट अफ भलनरेबल वुमन’ नाम दिएर अस्ट्रेललियामा संचालित संस्थाको माध्ययमबाट फाउण्डेशन सञ्चालनमा रहेको बताइएको छ । महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको सो फाउण्डेशनले यस पटक ‘स्वास्थ्य आमा स्वास्थ्य वच्चा’ कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया