वाह्रदशी, दक्षिणी झापाको वाह्रदशीका मैथीली महिला एकजुट भएका छन् । समाजका हक हित स्थापित गर्ने उद्देश्यले मैथिली समाज गठन गर्दै उनीहरु संगठित भएका हुन् । गायत्रीकुमारी साहको नेतृत्वमा वाह्रदशीस्तरीय मैथिली समाज गठन भएको छ । समाजका १७ सदस्य रहेका छन् । समाजको उपाध्यक्षमा मालती पण्डित, सचिव रामदुलारी साह, सह सचिव आशा पोद्दार र कोषाध्यक्षमा रेणु सहनी रहनुभएको छ । समितिको सदस्यमा गीता शर्मा, अनिता महत्तो, पुष्पा यादव, पिङ्की साह, लक्ष्मी गुप्ता लगायत रहनुभएको छ ।
त्यस्तै वाह्रदशी १ मा रेखा साहको अध्यक्षता समिति गठन भएको छ । वडा नम्वर २ मा दीपा साह र ३ मा वविता साह अध्यक्षमा चयन हुनुभएको छ । वाह्रदशीका सवै वडामा समिति गठन गर्दै मैथिली महिलाका हक अधिकार स्थापित गर्ने वताइएको छ । विभिन्न समयमा नेतृत्व र व्यक्तित्व विकासका लागि कार्य गर्दै अघि वढ्ने मूल समिति अध्यक्ष गायत्रीकुमारी साहले बताउनुभयो । उहाँले भन्नुभयो – ‘मैथिली महिला घर धन्दामा व्यस्त हुन्थ्ये अव उनीहरुको हक अधिकारका लागि एक जुट भएका छौं ।’
मैथिल समुदाय वाह्रदशीमा झण्डै एक हजार पाँच सय घर परिवार वसोवास गर्दै आएको बताइएको छ । वडा नम्वर २ की सदस्य चन्द्रकला सुवेदी शर्माका अनुसार वाह्रदशीका मैथिली महिलाको नेतृत्व र व्यत्तित्व विकाससंगै सीप अभिवृद्धिका कार्यक्रम सञ्चालन समेत गरिएको छ । पहिलो चरणमा उनीहरुलाई कम्प्यूटर सम्वन्धि तालिम प्रदान गरिएको र चालू आर्थिक वर्षमा पनि वडा कार्यालयको सहकार्यमा कम्प्यूटर कक्षा प्रदान गर्न लागिएको छ चन्द्रकलाले भन्नुभयो । यस अघि समाजले होली मिलन, छठ पर्वको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिसकेको छ । प्रदेश सांसद ओम ससावगी र नेपाली कांगे्रसका पूर्व महामन्त्री कृष्णप्साद सिटौलाको आतिथयमा कार्यक्रम गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया