- अनिल वाग्ले

बुधबारे , संघीय समाजवादी फोरम नेपालका केन्द्रीय महासचिव रणधोज कन्दङ्वाले ७ प्रदेश सहितको संघीयता नक्कली संघीयता भएको दावी गर्नुभएको छ । उहाँले सक्कली संघीयता लागू गराउन संघीय समाजवादी फोरम संवैधानिक बाटोबाट लागि परिरहेको दावी गर्नुभयो ।

झापाको बुधबारेमा बुुधबार संघीय समाजवादी फोरम नेपालको एकता पछिको प्रथम गाउँ अधिवेशनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कन्दङ्वाले संवैधानिक बाटोबाट पहिचान र अधिकार सहितको १०+१ राज्य स्थापनाका लागि पार्टी लागिपरेको बताउनुभयो । सक्कली संघीयताका लागि मात्र होइन पार्टीले स्वायत्त र संरक्षित क्षेत्रको ग्यारेन्टीका निम्ति पनि लडिरहेको बताउने कन्दङ्वाले पार्टी, महाधिवेशनको तयारीमा जुटेको जानकारी दिनुभयो ।
उहाँले आगामी महाधिवेशनमा पार्टी भित्र सबै विषयमा बहस भएपनि अन्र्तराष्ट्रिय मान्यताको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, जनसंख्याको आधारमा समावेशीता, पूर्ण समानुपातिक निर्वाचनको विषय पार्टीको अपरिवर्तनिय विषय भएको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन गर्नका लागि वर्तमान सरकारलाई दुईतिहाइ पु¥याउन सरकारमा सहभागी भएपनि नेकपा संविधान संशोधनको विषयमा जिम्मेवार ढंगले प्रस्तुत नभईरहेको बताउनुभयो ।
सोही कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद आरसी तुङ्वाले संगठन विस्तारमा लाग्न सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो– ‘संगठन विस्तारमा लाग्नुस्, आन्दोलन घोषणा हुँदा घरलौरी उठौं ।’ कार्यक्रममा पोलिव्युरो सदस्य प्रविण चाम्लिङ, झापा इन्चार्ज धनबहादुर गुरुङ, युवा नेता खगेन्द्र माखिम लगायतले मन्तव्य राखेका थिए भने महिला नेतृ सशी लिङदेन, अग्नीमाया मेचे लगायतको आतिथ्यता रहेको थियो ।

चेतन आचार्यको सभापतित्वमा भएको कार्यक्रम मेचीनगर अध्यक्ष ओमप्रकास खापुङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बुद्धशान्ति गाउँ समिति गठन भएको छ । नव गठित समितिको अध्यक्षमा दुर्गा नेम्बाङ, उपाध्यक्ष चेतन आचार्य, सचिव लक्ष्मी चौधरी, सहसचिव ममता चौधरी र कोषाध्यक्षमा निर्मला लिम्बू चयन हुनुभएको छ । त्यस्तै सदस्यमा दिवाकर चौधरी, प्रभु नारायण चौधरी, डिल्लीराम विक, डिल्लीमाया लिङदेन, अनिता चौधरी, गोपाल पङ्धाक, नेस चौधरी, पुनम चौधरी र पदम विष्ट रहनुभएको छ ।

तपाईको प्रतिक्रिया