मोरङ,मोरङको धनपालथान गाउँपालिका– ६ मा रहेको सरस्वती माध्यामिक बिद्यालय दादरबेरिया एसईई परीक्षा केन्द्रले २ जना निरीक्षकलाई निष्काशित गरेको छ । त्यस्तै १ परीक्षार्थीको आजको परीक्षा रद्द गरेको छ ।

बिहान १०ः१० बजेको समयमा उक्त परीक्षा केन्द्रमा शिवशक्ति माध्यामिक विद्यालय सोराभागकी परीक्षार्थी ऐश्वरी राईलाई मोवायलबाट चिट चोरिरहेको अवस्थामा केन्द्रका केन्द्राध्यक्ष भागवत यादवले फेला पारेपछिनिज परीक्षार्थीको परीक्षा रद्द गरिएको थियो ।

परीक्षा केन्द्रमा खटिएका शिक्षक संजय चौधरी र शिक्षिका शीलाकुमारी राजवंशीलाई अमर्यादीत तरिकाले परीक्षा गराएको भनि दुवै जनालाई एसईई परीक्षा अवधीभर परीक्षा निरीक्षकबाट हटाएको छ ।

तपाईको प्रतिक्रिया