२०८३ असार १० बुधबार
Search
Close this search box.

आगलागीबाट १० लाखको क्षति

दमक ,भान्सा चुल्होवाट निस्किएको आगोलागीवाट झापाको दमक १० स्थित सेतुमारीका भक्तवहादुर शेर्मा( हसन )को घर जलेको छ ।
गएराती करिव १२ वजेतरि काठको सेन्टरबेरा घरको भान्सा कोठाबाट अचानक निस्किएको आगोले जल्दा शेर्माको घरको अन्नपात,लत्ताकपडा सम्पूर्ण नष्ट भएको थियो ।
आगाले शेर्माको घरमा रहेको करिव ५० मन धान,नगद ९० हजार,डेढ तोला सुन,बाख्राका दुई वटा पाठा, ८ वटा कुखुरासहित लत्ताकपडा सवै जल्दा करिव रु १० लाखको क्षति भएको प्रांरिभ्मक अनुमान छ ।
मध्यराती भएको सो आगोलागी नियन्त्रण गर्न समयमै उद्दारका कार्य हुन नसक्दा बढी क्षति हुनपुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit