बिर्तामोड, हल्दिवारी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीले अब प्रविधि मैत्री शिक्षा आर्जन गर्ने भएका छन् ।
गाउँपालिकाले प्रविधि मैत्री शिक्षाका लागि दुई करोड ३० लाख ९६ हजार रुपैयाँ वजेट विनियोजन गर्दै प्रत्येक विद्यालयमा कम्प्युटर शिक्षा, अंग्रेजी माध्ययमबाट पठन – पाठन र विद्यालयमै योगा सहित खेलकुद लगायतका अतिरिक्त क्रियाकलाव गराउने भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष डम्वर गिरीका अनुसार विद्यालयमा कम्प्युटर ल्याव सहित विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्न लागिएको हो । अव हल्दिवारी गाउँपालिका भित्र रहेका विद्यालय मध्ये मावि तह सञ्चालन भएका विद्यालयले २५ वटा कम्प्युटर पाउने भएका छन् भने आधारभूतले २० र प्राथमिक तहले १० वटाका दरले कम्प्युटर प्रदान गर्न लागिएको गाउँपालिका उपाध्यक्ष गिरीले बताउनुभयो ।
उपाध्यक्ष गिरीका अनुसार क्षैशिक सुधारका लागि चालू आर्थिक वर्ष झण्डै ६ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ । गत अर्थिक वर्ष ३ करोड रुपैयाँ वजेट विनियोजन गरिएको उपाध्यक्ष गिरीले बताउनुभयो ।

















