बिर्तामोड, नेपाल कम्युनिष्ट पार्टी झापाको कार्यदलको बैठकले १५ वटै स्थानीय तहको एकीकरण टुङ्ग्याएको छ ।
केही दिनदेखि झापाको सबै वडाको एकीकरण प्रक्रिया थालिएको थियो । आज विहीवार वसेको वैठकले एकीकरण प्रक्रिया टुङ्ग्याएर नेतृत्वमा सहमती जुटाएको कार्यदल सदस्य राजु आचार्य (अग्नी)ले जानकारी दिनुभयो ।
तत्कालीन एमालेले बिर्तामोड, दमक, गौरादह, अर्जुनधारा, कन्काइ नगरपालिका. र तत्कालिन एमाओवादीले मेचीनगर, भद्रपुर र शिवशतासी नगरपालिकाको नेतृत्व गर्ने छन् ।
त्यस्तै बुद्धशान्ति कमल, बारदशी, कचनकवल गाउँपालिकाको नेतृत्व तत्कालीन एमालेले गर्ने र झापा , हल्दिबारी, गौरिगञ्ज गाउँपालिकाको नेतृत्व तत्कालिन एमाओवादीले गर्ने सहमती भएको आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया