२०८३ असार १० बुधबार
Search
Close this search box.

दोस्रो चरणमा दुर्घटना न्यूनीकरण महाअभियान शुरु

झापा, सवारी दुर्घटना न्यूनीकरण महाअभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । कार्यक्रमको सुरुवात प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गर्नुभएको छ । महाअभियान समितिको आयोजना तथा एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा बिर्तामोडमा दोस्रो चरणको कार्यक्रम उद्घाटन गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभातफेरी, ट्राफिक सामग्री हस्तान्तरण, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास र सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियान शुभाराम्भ गरियो ।
१५ दिने अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने प्रदेश ट्राफिकका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताउनुभयो । अभियानका क्रममा सचेतनामूलक पर्चा पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालकको स्वास्थ्य जाँच, सार्वजनिक सवारी साधनको अनुगमन, ट्राफिक प्रहरीको स्वास्थ्य जाँच, घुम्ती प्रशिक्षण लगायतका कार्यक्रम गरिनेछ ।

अभियानको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले परिणाममुखी कामका लागि प्रहरी एक ढिंक्का भएर लाग्ने बताउनु भएको छ । प्रहरीले अनुसन्धानका क्रममा गर्ने काम कारवाहीमा शंका नगर्न आग्रह गर्दै सवै प्रहरी संगठन एक भएर अनुसन्धान र परिणाम निकाल्न लागिपर्ने हुँदा सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।  

१ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीलाई महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले १०÷१० थान मोटरसाइकल,व्रेथलाइजर र ह्वील लक प्रदान गर्नुभयो । उहाँले प्रहरी महानिरीक्षक खनाललाई मोटरसाइकलको चावी सहित व्रेथलाइजर र ह्वील लक प्रदान गर्नुभयो ।


यसैबीच झापामा रहेर सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईलाई नागरिक अभिनन्दन गरिएको छ । सडक दुर्घटना न्यूनीकरण महा अभियान र बिर्तामोड उद्योग वाणिज्य संघले संयुक्त रुपमा राईलाई अभिनन्दन गरेका थिए ।
१ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीका प्रहरी उपरीक्षक रवि पौडेलले स्वागत गरेको कार्यक्रममा प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी नायव महानिरीक्षक पूर्वचन्द्र जोशी, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, राष्ट्रिय कलाकार वील्सन विक्रम राई लगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit