२०८३ असार १० बुधबार
Search
Close this search box.

एसपीको जन्म दिनमा रेडक्रसलाई सहयोग

बिर्तामोड, जन्म दिनको अवसर पारेर झापा बिर्तामोडका एक युवा व्यवसायीले नेपाल रेडक्रस सोसाइटीलाई मानवीय सेवाका लागि भन्दै आर्थिक सहयोग गरेका छन् ।
बिर्तामोड– ३ निवासी युवा व्यवसायी श्याम प्रसाई (एसपी)ले नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई २५ हजार ९ सय ९९ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । सानो सहयोगले कसैको जीवन बचाउन नेपाल रेडक्रस सोसाइटीलाई सहजहोस् भन्दै आफूले जन्म दिनमा गरिने फजुल खर्चलाई कटाएर सेवाभावले रकम गरेको प्रसाईले बताउनुभयो । उहाँले भन्नुभयो – नेपाल रेडक्रस सोसाइटी सहयोगी मनबाटै सञ्चालित छ , म जस्तै अरुले पनि थोरै – थोरै सहयोग गर्दै जाने हो भने संकटमा कसैको जीवन बचाउन सकिन्छ ।’
प्रसाईले ४५ औं जन्म दिनको अवसरमा बिर्तामोडस्थित वाणिज्य संघको सचिवालयमा आयोजित कार्यक्रमकबीच सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । उहाँले नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललाई सो रकम बरावरको चेक हस्तान्तरण गर्नुभयो ।
रकम हस्तान्तरण समारोहमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश सवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, युवा व्यवसायी विनोद वस्नेत, मनोज अग्रवाल , धिमाल समाजका केन्द्रीय सदस्य गोविन धिमाल लगायतको आतिथ्य रहेको थियो ।
प्रसाई जय हनुमान सप्लायर्स र कृष्ण रोडवेज ढुवानी सेवाका सञ्चालक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit