२०८३ असार १० बुधबार
Search
Close this search box.

अलैँची व्यवसायी अपहरणमा सम्लग्न १४ अभियुक्तलाई २० वर्ष कैद

बिर्तामोड, झापाको बिर्तामोडका व्यवसायी सुनिलकुमार विन्दललाई अपहरण गरी ज्यान मार्ने उद्योगमा दायर भएको मुद्दामा झापा जिल्ला अदालतले १४ जना अभियुक्तलाई जेल सजायको फैसला गरेको छ ।

अपहरण घटनामा मुख्य अभियुक्त भनिएका भारत आसामका फौदसिंह तामाङसहितका अभियुक्तलाई अदालतले सोमबार जेल सजायको फैसला गरेको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले सङ्गठित मानव अपहरण तथा हतियार खरखजना मुद्दा चलाएको थियो ।
१८ माघ २०७१ मा का“करभिट्टाबाट अपहरणमा परेका विर्तामोडका अलैँची व्यवसायी विन्दललाई मुक्त गर्ने क्रममा प्रहरी र अपहरणकारीबीच झापाको धरमपुरमा गोली हानाहान समेत भएको थियो ।
महिलाको प्रयोग गरेर अपहरण गरिएका विन्दलसँग अभियुक्तले ३० करोड भारतीय रुपैयाँ फिरौती माग गरेका थिए । २३ माघमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान हुँदा अपहरणकारीले चलाएको गोली लागेर पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी सहायक निरीक्षक राजेन्द्र चौहानसहित दुई जना घाइते भएका थिए । प्रहरीले व्यवसायी विन्दललाई सकुशल मुक्त गराएको थियो ।

झापाको धरमपुर–२ स्थित हर्क कन्दङ्वाको घरमा बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले अलै“ची व्यवसायी विन्दललाई मुक्त गरेको थियो । घटनामा संलग्न भएको अभियोगमा मुद्दा चलाइएकामध्ये तामाङलाई जिल्ला अदालतले २० वर्ष कैद सजायको फैसला गरेको हो । अरु १३ जना अभियुक्तलाई १५ वर्षको कैद सजाय तोकिएको छ । अदालतले चार वर्षदेखि यो मुद्दाको फैसला सार्दै आएको थियो । पछिल्लो पटक आइतवारदेखि यो मुद्दामाथि सुरु भएको बहस टुङ्गिएपछि सोमवार जिल्ला न्यायाधीस प्रमेश पोखरेलको इजलासले मुद्दाको फैसला गरेको हो ।

मेचीनगर–१० का“करभिट्टाका बजरङ्ग पन्सारी, विर्तामोड–७ का केशव फु“यल, भारत आसामका राजकुमार थापा, धरमपुर पारावारीका भुवन कार्की, शेखरराज पाण्डे, घरधनी हर्क कन्दङ्वासहित एम्वुलेन्स चालकलाई १५ वर्षका दरले जेल सजाय तोकिएको छ । महिलाको प्रयोगमार्फत एम्वुलेन्स चालकको समेत संलग्नतामा विन्दल अपहरणमा परेका थिए । अपहरणकारीका साथबाट त्यतिबेला प्रहरीले दुई थान पेस्तोल र १० राउण्ड गोली पनि बरामद गरेको थियो ।

भारतको सिलिगुडी जा“दै गरेका व्यवसायी विन्दल आफ्नै सहकर्मी बजरङ्ग पन्सारीको प्रमुख योजनामा अपहरणमा परेका थिए । अपहरणपछि विन्दल परिवारस“ग अपहरणकारीले ३० करोड भारतीय रुपैया“ फिरौती मागेको सार्वजनिक भएको थियो । यद्यपि घटनापछि विन्दल परिवारले त्यति मोटो रकम नमागिएको जनाएको थियो । विवेचना दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit