२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

बारम्बारको बिस्फोटले त्रास : सुरक्षा परिषद् बैठक बस्दै

 

झापा,मुलुकको शान्ति सुरक्षाका बारेमा समिक्षा र थप सुरक्षा संवेदनशीलतालाई मजबुत बनाउने बिषयमा छलफल गर्न सुरक्षा परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको छ ।

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सुरक्षा संयन्त्रलाई चुनौति दिएको र संघीय राजधानीमा समेत नागरिक असुरक्षित महसुस गर्न थालेपछि थप कडाइ गर्न बैठक आह्वान गरिएको छ । प्नधानमन्त्री केपी ओलीको अध्यक्षतामा बस्ने बैठकमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतको उपस्थिति रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनुभयो ।

स्थायी शान्ति र दीगो विकासको लक्ष्य लिएको सरकारले मुलुकमा भइरहेका अराजक गतिविधिको अन्त्य गर्ने प्रतिवद्धता गरेको छ । तर, एकपछि अर्को विस्फोटले जनतामा त्रासको सिर्जना हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit