झापा, फागुन २६ । पूर्व जनमुक्ति सेनाले झापा भित्र वसोवास गर्ने जनमुक्ति सेनाका सम्पूर्ण योद्धालाई गणतान्त्रिक योद्धाको रुपमा परिभाषित गरी परिचय पत्र उपलब्ध गराउन माग गरेका छन् ।

११ वुँदे घोषणा पत्र जारी गर्दै उनीहरुले गणतान्त्रिक योद्धा तथा सहिद परिवारका छोरा छोरीलाई प्रत्येक एक निजी विद्यालयमा निःशुल्क भन्ने अभियान लागू गराई कक्षा १२ सम्म अध्ययनको व्यवस्थ ागर्न माग गरिएको छ । योद्धा तथा सहिद परिवारका छोरा छोरीलाई निजी तथा सरकारी विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था लागू गरिन पर्ने माग गरिएको छ । त्यस्तै एक परिवार एक रोजगारी, कर प्रणालीमा ५० प्रतिशत छुट, गणतान्त्रिक योद्धामाथि लगाइएका झुटा मुद्धा खरेज गर्न माग गरिएको छ ।

त्यस्तै हरेक स्थानीय तहमा सरकारको निती निर्माण गर्दा प्रतिनिधि मुलक सहभागीताको माग गरिएको छ । यसैगरी गणतान्त्रिक योद्धा तथा सहिद परिवारको रोगजारी र आत्मनिर्भरलाई ध्यानमा राखी सरकारी लगानीमा जिल्लामा एक उत्पादन मूलक कृषि सहकारीको अवधारणा सृजना गरी प्रतिव्यक्ति दश लाख वरावरको शेयर हस्तान्तरण गर्न भनिएको छ । केर्खामा जनमुक्ति सेना नेपाल तथा सहिदको स्मृति सभा तथा पार्कको निर्माण गर्न माग गरिएको छ ।

पूूर्व जनमुक्ति सेना नेपाल कुनैपनि राजनीतिक पार्टीको भातृ संगठन नरहेको जनाउँदै स्वतन्त्र संगठनको रुपमा स्थापित गरिने र गणतान्त्रिक योद्धालाई समाज सेवाको भावनामा लगाउने विर्तामोडमा आयोजित जिल्ला सम्मेलनमा जानकारी दिइयो । प्रकाश राईको अध्यक्षतामा भएको जिल्ला सम्मेलनमा जनमुक्ति सेनाको फारममा आवद्ध भई राजनीतिक रुपमा वाहिरिएका स्वच्छिक अवकास लिएका र अनमिनले अयोग्यको बिल्ला भि¥याइएका सम्पूर्ण योद्धालाई संगठित रुपमा राष्ट्र निर्मँणको अभियानमा समोत गराउने बताइएको छ ।

यसैबीच बिर्तामोडमा सम्पन्न जिल्ला भेलाबाट रुपेन फागोको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।


समितिको उपाध्यक्षमा सागर शेर्पा, प्रकाश खतिवडा, र ज्ञानवहादुर वास्कोटा रहनुभएको छ ।सचिवमा सामना लिम्बू, सह सचिवमा आशिका नेम्वाङ, कल्पना सुनुवार हरि(चट्टान) वस्नेत र कोषाध्यक्षमा रोमा राई प्रज्ञा रहेको बताइएको छ ।

पूर्व जनमुक्ति सेना नेपालका प्रदेश नम्वर १ का संयोजक विमल राई राजेशको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पाँच जना पूर्व जनमुक्ति सेनाका योद्धालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मणिकुमार राई साम्पाङ,सिक्सम, प्रदीप राई प्रकाश राई र रोशन कन्दङ्वा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया