२०८३ असार १० बुधबार
Search
Close this search box.

चैत २१ देखि मंगलवारेमा भलिवल प्रतियोगिता

दमक ,फागुन २६ । आगामी चैत्र २१ गतेदेखि कमल ५ स्थित मंगलवारे वजारमा तीन दिने प्रदेशस्तरिय अन्तर स्थानीय तहवीच एसवाइसी च्यालेन्ज भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय सगुन युवा क्लवले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता गर्न लागिएको जनाएको हो ।
क्लवले १२ औ संस्करणसम्म खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरिआएको थियो । तर यसवर्षको १३ औ संस्करणमा भने एक नम्बर प्रदेशस्तरिय स्थानीय तहहरुवीच भलिवल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष देवेन्द्र राज आङदेम्बेले जानकारी दिए । मोफसलमा खेलाडी उत्पादन गर्न टेवा पुरयाँउने उद्देश्यले यस प्रतियोगिताको शुरुवात गरिएको अध्यक्ष आङदेम्बेले वताउनुभयो । प्रदेशका १४ वटा टिमको सहभागिता रहने सो प्रतियोगिताको फाइनल चैत २३ गते हुने छ ।
प्रतियोगितामा विजेताले नगद ५० हजार, दोश्रोले नगद २५ हजारसहित ट्रफि ,प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरि प्रतियोगिता भरि विभिन्न विधागत आधा दर्जन पुरस्कारहरु समेत प्रदान गरिने अध्यक्ष आङदेम्बेले जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न कुल २ लाख ९५ हजार लाग्ने अनुमान क्लवको छ भने विभिन्न उपसमितिहरु गठन गरि काम थालिएको जनाईएको छ । क्लवका अनुसार रोशन दाहालको संयोजकत्वमा खेल व्यवस्थापन उपसमिति, सुदिप थुलुङको संयोजकत्वमा पत्राचार उपसमिति, दिवाकर राईको संयोजकत्वमा मञ्च व्यवस्थापन र अजिव राईको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । गाँउपालिका र वार्ड कार्यालयसहित विभिन्न खेलप्रेमीहरुको सहयोगबाट प्रतियोगिता सम्पन्न गरिने लक्ष्य राखिएको क्लवका सचिव रोशन दाहालले जानकारी दिनुभयो । त्यस अवसरमा क्लवका पूर्व अध्यक्ष हुकुमसिंह राई ,प्रतियोगिताका संयोजक ज्ञाननाथ खरेलले भलिवल प्रतियोगिताको तयारीका बारेमा वोल्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit