२०८३ असार १० बुधबार
Search
Close this search box.

भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कार गौतमलाई

धुलाबारी ,भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका ताप्लेजुङ सम्वाददाता आनन्द गौतम सम्मनित हुनु भएको छ । आज झापाको धुलाबारीमा आयोजित एक समारोहका बीच गौतमलाई नगद २५ हजार सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

त्यसैगरी उत्कृष्ट विद्यालयको रुपमा गडिगाउँ मावि बुद्धशान्ति ५ लाई रु ५१ हजार नगद सहित सम्मान गरिएको छ भने उत्कृष्ट शिक्षकको रुपमा धुलाबारी माविका सहायक प्रधानध्यापक तेजप्रसाद चम्लागाईँलाई नगद १० हजार रुपैँया सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । सो अवसरमा उत्कृष्ट विषय शिक्षकको रुपमा गडिगाउँ माविका गणित विषयका शिक्षक रुद्रमणी खतिवडा नगद १० हजार रुपैँया सहित सम्मानित हुनुभएको थियो । त्यसैैगरी गतबर्षको एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल अब्बल छात्राको रुपमा सरस्वती बालकल्याण मावि मेचीनगर १२ की छात्रा श्रद्धा बस्नेत र छात्र तर्फ शान्तिआदर्श मावि शान्तिनगरका खेमराज लेप्चालाई सम्मानित गरिएको थियो । त्यसैगरी लोपोन्मुख लाप्चा जातिबाट छात्रा तर्फ शान्तिआदर्श माविमा कक्षा ११ मा अध्ययनरत सुस्मिता लाप्चा र सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत सन्तोष लाप्चालाई नगद ५ हजार रुपैँया छात्रावृत्ति स्वरुप प्रदान गरिएको थियो । धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठानमा पवित्रा भेषराज स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न पवित्रा भेषराज स्मृति पुरस्कार र भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहको अवसरमा सो पुरस्कारहरु वितरण गरिएका हुन । प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल, नया पत्रिका दैनिकका प्रधान सम्पादक कृष्ण देवकोटा र भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक चन्द्र भण्डारीले पुरस्कृत व्यक्तीको नाम घोषणा गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका सचिव शिरोसान्दाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit