२०८३ असार १० बुधबार
Search
Close this search box.

रुस्लान थ्री स्टार क्लब सेमीफाइनलमा

झापा,  विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ३—० गोलअन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक तेस्रो क्वार्टरफाइनल खेलमा निर्धारित समय गोलरहित बराबरी भएपछि निर्णयका लागि टाईब्रेकर रोजिएको थियो । टाईब्रेकरमा गोलरक्षक एलन न्यौपाने नायक बन्दा थ्रीस्टार अन्तिम चारमा पुग्न समय भयो । टाईब्रेकरमा पुलिसका विराट शाह र अजित भण्डारीको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले रोकेका थिए ।

थ्रीस्टारका तर्फबाट विजय धिमाल, बुद्धराज लिम्बु र रुपेश केसी गोल गर्न सफल भए । पुलिसका रवी पासवानको प्रहार बाहिरीएको थियो । खेल अवधीभर दुवै टिमले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरमा धकेलिएको थियो ।

खेलमा म्यान अफ दी म्याच थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । बिहीबार रुपन्देही ११ एफसी र दाफिन्स फुटबल क्लब क्यामरुनबीच खेल हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit