बिर्तामोड, कसले सोचेको हुन्छ फुटवल हेर्दा टेलिभिजन पाइन्छ भनेर । तर, झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा फुटवल हेर्न पुगेका दर्शक मध्ये एक जनाले दिनहुँ टेलिभिजन लिएर मात्रै घर फर्कन्छन् । खेल हेरेर रमाई रहेका दर्शकलाई अझ हौसला प्रदान गर्न हरेक दिन आयोजक समितिले उपहार स्वरुप एक भाग्यशाली दर्शक भन्दै टेलिभिजन प्रदान गर्दै आएको छ । यसले खेल हेर्ने दर्शकमा अझ रौनकता थपेको बतउँनुहुन्छ – न्यूटस इङ्लिस स्कूलका कोअडिनेटर देवेन्द्र हँुमागाई । खेलको मञ्जा दर्शकले जुन रुपमा लिइरहेका हुन्छन् त्यत्तिकै मञ्जा टेलिभिजन उपहार प्रदान गर्दा पनि लिएको मैले पाए उहाँ भन्नुहुन्छ –‘ टेलिभिजन पाउँदाको खुशीको क्षण अझ कस्तो होल ?

फागुन १८ देखि जारी झापा गोल्डकपको चौथो संस्करण अन्तरगत मंगलवार दुई विभागीय टोली (नेपाल आर्मी, शसस्त्र प्रहरी)बीचको खेल हेर्न आउनुभएका बिर्तामोड – १० शैनिक मोडका खेताराम गुरुङले टिभि उपहार पएपछि प्रफुल्ल मुद्रामा भन्नुभयो – ‘मलाई सपना जस्तै लागिरहेको छ ।’
आफूपनि खेलकुद प्रति झुकाव राख्छु उहाँ भन्नुहुन्छ– ‘नजिकैका दर्शकलाई खेलको विषयमा वुझाउँदै थिए आफूलाई टिभि उपहार परेको भन्दै उद्घोषकले माइकिङ गर्दा म झस्किए ।’
हरेक वर्ष फुटवल हेर्न आउने गरेको र खेल हेर्दाको मञ्जा छदैछ त्यसमाथि उपहार परेपछि झन मन फुरुङ्ग भएको उहाँको भनाई छ ।
प्रतियोगिताको मध्यान्तरमा आयोजकले हरेक दिन भाग्नशाली दर्शक भन्दै गोला प्राथावाट टिभि बितरण गर्दै आएको छ । मंगलवारपनि आयोजकले गरेको गोलाप्रथामा गुरुङ भाग्यशाली दर्शक बन्नुभयो अनि २० इन्चको टेलिभिजन उपहार प्राप्त गर्नुभयो ।
आयोजक समितिले हरेक दिन एक भाग्यशाली दर्शकका लागि हिम इलेक्ट्रोनिकन प्रालिको प्रायोजन र सामसुन प्लाजा महेन्द्ररत्न स्टोर बिर्तामोडको संयोजनमा टेलिभिजन प्रदान गर्दै आएको आयोजक समितिका सदस्य तथा महेन्द्ररत्न स्टोरका संचालक भेषराज भण्डारी प्रशान्तले जानकारी दिनुभयो ।
मंगलवार भाग्यशाली दर्शक बन्नुभएका गुरुङले प्राप्त गरेको टेलिभिजन उपहार मगमग झापा गोल्डकपका मुख्य प्रयोजक रहेको मनषा थाइफुष्डका अध्यक्ष ओमप्रकाश अग्रवालले प्रदान गर्नुभयो ।
यस अघि भएका तीन खेलमा शिवसताक्षीको दूधेका भक्तिप्रसाद भण्डारी, अर्जुनधारा – ६ का पदम चोङ्वाङ्ग र बिर्तामोडका पदम श्रेष्ठले टेलिभिजन प्राप्त गर्नुभएको छ ।
आयोजक समितिले सेमिफाइनलमा २८ इन्च र फाइनलमा ४० इन्चको टेलिभिजनको व्यवस्था मिलाएको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
यसरी पाइन्छ उपहार
झापा गोल्डपक हेर्न आयोजकले दर्शकलाई टिकटको व्यवस्था गरेको छ । टिकट काटेर खेल हेर्न गएका दर्शक मध्येबाट काटिएको टिकटको अर्धकट्टीलाई एकै ठाउँ जम्मा गरेर मध्यान्तरमा मैदानमा लगेर भाग्यशाली दर्शक छानिन्छ । जसका लागि मैदानमा स – साना वालवालिका लगेर टोकरीमा राखिएको अर्ध कट्टी मध्ये एउटा अर्धकट्टी निकालिन्छ । सो अर्धकट्टीमा जसको नाम र टिकट नम्वर हुन्छ उसैलाई त्यो दिनको भाग्यशाली दर्शक घोषणा गर्दै टेलिभिजन प्रदान गर्ने गरिएको आयोजक समितिका वरिष्ठ उपाध्यक्ष वलराम कार्कीले बताउनुभयो ।
खेलाडीलाई दैनिक १५ हजार
प्रत्येक दिन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई आयोजक समितिले म्यानअदी म्याच घोषणा गर्दै नगद १५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । खेललाई अनुसासित,मर्यादित र उत्कृष्ठ बनाउन आयोजकले खेलाडीलाई नगद रकम प्रदान गर्दै आएको हो । खेलाडीलाई प्रदान गरिने सवै रकम सिभिल वैक र ओली एण्ड एसोसिएटले उपलब्ध गराउँदै आएको आयोजक समितिका अध्यक्ष गिरीले बताउनुभयो ।
उनीहरुले हरेक दिन हुने म्यान अफदी म्याचलाई र खेल अवधि भर उत्कृष्ठ गोल किपर, अनुसाशित टिम पुरस्कार, उत्कृष्ठ कोच पुरस्कार, उत्कृष्ठ मिड फिल्डर पुरस्कर, उत्कृष्ठ डिफेन्डर, र हाई स्कोररलाई पुरस्कार प्रदान गर्ने बताइन्छ ।
उत्कष्ठ खेलाडीलाई मोटरसाइकल उपहार
फागुन १८ गतेदेखि २७ गतेसम्म सञ्चालनमा रहने मगमग झापा गोल्डकपका एक उत्कष्ठ खेलाडीलाई आयोजक समितिले मोटरसाईकल प्रदान गर्ने भएको छ । यमाह कम्पनीसंग सहकार्य गर्दै आयोजक समितिले उत्कृष्ठ खेलाडीलाई मोटरसाइकल प्रदान गर्न लागेको हो । यस अघिका वर्षमा पनि आयोजक समितिले उत्कृष्ठ एक खेलाडीलाई मोटरसाइकल प्रदान गर्दै आएको थियो ।

















