२०८३ असार १० बुधबार
Search
Close this search box.

बादीसँग माफी माग्न सरस्वतीलाई सर्वोच्चको आदेश

झापा, बादी समुदायको समस्या उठान गरेको भनिएका चर्चित कृतिमाथि बादी समुदायले नै आपत्ति जनाएपछि ती कृतिहरु अब संशोधन गर्नुपर्ने भएको छ । 

सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरीलाई सर्वोच्च अदालतले संशोधन गर्न आदेश दिएको छ ।ती कृतिमा वादी समुदायको आत्मसम्मानमा ठेस पुर्‍याउने र राज्यले बादी समुदायमाथि प्रयोग गर्न नपाइने भनी किटान गरेका शब्दलाई महत्वका साथ प्रयोग गरेको भन्दै बादी अगुवाहरु सर्वोच्च अदालत पुगेका थिए । ती कृतिबाट त्यस्ता शब्द हटाएर श्रष्टाले बादी समुदायसँग क्षमा माग्न माग निर्देशनात्मक आदेश जारी गर्न माग गर्दै मीना नेपालीसमेतका बादी अगुवाहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

फागुन १५ गते सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले उपन्यासमा प्रयोग भएका आत्मसम्मानमा ठेस पुर्‍याउने, जातीय विभेद जनाउने शब्दहरु हटाउन र बादी समुदायसँग माफी माग्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

बादी अगुवाले दायर गरेको रिटमा सर्वोच्चबाट निर्देशनात्मक आदेश जारी भएको अधिवक्ता शशी बस्नेतले जानकारी दिइन् । ‘आदेशको लिखित रुप त आएको छैन, तैपनि रिटमा जे जे मागदावी गरिएको थियो, त्यही आदेश भएको छ भन्ने हाम्रो अनुमान हो’ उनले भनिन् । उक्त आदेशको संक्षिप्त रुप पनि सार्वजनिक भएको छैन ।

आदेश सार्वजनिक नभए पनि वादी अगुवाहरु आफूले रिटमा माग दावी गरेकै विषयमा आदेश भएको हुनसक्ने बताउँछन् ।

उपन्यास र फिल्ममा बादी समुदायका पुरुषले माछा मार्ने, मादल बजाउने र श्रीमतीका लागि ग्राहक खोज्ने गरेको देखाइएको छ । तर, बादी समुदायमा विवाह गरेका महिलाले यौन व्यवसाय गर्दैनन् । तथ्य नै तोडमोड भएको भन्दै बादी समुदायले आपत्ति जनाएका हुन् ।

राज्यले बादी समुदायमाथि उच्चारण गर्न पाइँदैन भनेका शब्दलाई उपन्यास र फिल्ममा प्रमुख स्थान दिएकाले न्याय माग्दै अदालत गएको बादी अगुवा केशव नेपाली बादीले बताए ।अनलाइनमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit