२०८३ असार १० बुधबार
Search
Close this search box.

विजेता खेलाडीलाई सम्मान

मेचीनगर, एक नम्बर प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेता टिम झापाका खेलाडीलाई सोमबार सम्मान गरिएको छ ।

प्रदेशस्तरीय खेलाडी छनोटका लागि सञ्चालित उक्त प्रतियोगितामा टिम च्याम्पियन बनेको झापाली खेल टोलीलाई सम्मान गरिएको मेहेरमान स्मृति प्रतिष्ठानका सचिव तथा भलिबल संघका केन्द्रीय सचिव मदन खड्काले बताए ।

जिल्ला खेलकुद विकास समिति र मेहेरमान स्मृति प्रतिष्ठानद्धारा विर्तामोडस्थित गौरीशंकर खड्का स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा खेलाडी सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा टोली प्रशिक्षक शैलेन्द्र श्रेष्ठ, व्यवस्थापक सञ्जय अधिकारी, कप्तान विमान खड्का, बबिन चौहान, राजन लिम्बू, नवीन रिजाल, दिपेन मल्लिक, रोहित शिवाकोटी, आशिष कार्की, सरोज चम्लागाईं, सुजन रिजाल र पुकार तामाङ छन् ।

उनीहरुलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, सभापति एवँ मेहेरमान स्मृति प्रतिष्ठानका अध्यक्ष टेकबहादुर खड्का, पूर्व महासचिव कुलबहादुर खड्का, गोर्खा फाउण्डेशनका अध्यक्ष वीरु दर्नाललगायतले बधाई ज्ञापनसहित सम्मान गरेका हुन् ।

सो कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कराते वरिष्ठ प्रशिक्षक मदन उप्रेती, सौरभ प्रधान, भलिबल संघका जिल्ला उपाध्यक्ष कृष्ण खड्कालगायतको आतिथ्यता थियो ।

सो अवसरमा विजेता खेलाडीलाई सम्मान गर्दै जिल्ला खेलकुद विकास समितिले नगदराशी प्रदान गर्यो भने मेहेरमान स्मृति प्रतिष्ठानले खेल पोशाक हस्तान्तरण गरेको थियो ।

झापाले प्रदेशस्तरीय दोस्रो मदन स्मृति कप लिगकम नकआउट पुरुष भलिबल प्रतियोगिता, एक नम्बर प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता र पूर्वाञ्चलस्तरीय अन्तर जिल्ला रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि लगातार जित्दै आएको छ ।

कार्यक्रममा तीनवटै प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्दै झापाले प्राप्त गरेको शिल्ड जिल्ला भलिबल संघले जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरेको थियो ।

यही फागुन १३ देखि १७ गतेसम्म ओखलढुङ्गामा भएको प्रदेशस्तरीय प्रतियोगितामा झापा प्रथम, भोजपुर दोस्रो र सुनसरी तेस्रो भएका थिए ।

प्रदेशबाट १२ जना खेलाडीले भाग लिने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम प्रथम बनेको झापाका ५ जना खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिताका निर्णायक संयोजक समेत रहेका खड्काका अनुसार प्रदेशस्तरीय टोलीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने झापाका खेलाडीमा नवीन रिजाल, राजन लिम्बू, सरोज चम्लागाईं, दिपेन मल्लिक र रोहित शिवाकोटी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit