२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

४६ औँ सुखानी सहिद स्मृति मनाउन प्रधानमन्त्री झापा आउँदै

 

 

बिर्तामोड, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले ४६ औँ सुखानी सहिद स्मृति दिवस सुखानी पार्कमा गर्ने भएको छ ।

फागुन २१ गते हुने सुखानी शहिद स्मृति दिवसलाई प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा झापाले जनाएको छ ।
पार्टी एकतापछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाटसुखानी शहिद स्मृति दिवसलाई सम्बोधन गर्ने लागेको आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । झापाको खुदुनाबारी र इलामको दानाबारी नजिकैको सुखानी जंगलस्थिते सुखानी पार्कमा स्मृति दिवस मनाउने र वर्ष हेलिकप्टरमा ज्यान गुमाएका नेता तथा मन्त्री अधिकारीसहित भरतमोहन अधिकारीको पनि श्रद्धाञ्जलिसभा सम्पन्न गर्ने नेकपा झापाका नेता चिन्तन पाठकले बताउनुभयो । सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit