अनिल वाग्ले
झापा, झापा बुद्धशान्ति–१ का २२ बर्षिय विकास न्यौपानेको दुवै मृगौला खराव भएपछि तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ ।
वैदेशिक रोजगारका शिलशिलामा २१ महिना अघि मलेशिया गएका उनी त्यहाँ अस्वस्थ भएपछि स्वदेश फर्किनुभएको छ । वीर अस्पताल, मेरेडियम हस्पिटल, शिक्षण अस्पतालमा उपचारका लागि गएका उहाँको मृगौला खराव भएको रिर्पोट आएपछि न्यौपाने र उहाँको परिवार यतिवेला चिन्तित बनेको छ ।
आर्थिक अवस्था कमजोर हुँदा आफूहरुसँग छोराको उपचार गर्ने खर्च नभएको भन्दै उहाँका बुवा पदमबहादुरले सबैसँग सहयोगको अपिल गर्नुभएको छ । यता विरामी विकासले पनि आफू बाँच्न चाहेको र भविश्यमा केहिगर्ने सपना रहेको भन्दै जिवन बचाईदिन सबैसँग अपिल गर्नुभएको छ । ‘मेरो दुवै मृगौला फेल भएको डाक्टरले बताएपछि ठूलो पीडा खेप्नुपरिरहेको छ, आर्थिक स्थिति कमजोर हुँदा उपचारका लागि त्यति ठूलो रकम आप्mनो परिवारले जुटाउन सम्भवै छैन ।’ विकासले भन्नुभयो ‘ म बाँच्न चाहन्छु ।’ बुवा पदम र आमा वविताका तीन सन्तान मध्ये जेठो छोरो विरामी भएपछि परिवारले आर्थिक स्रोत जुटाइदिन छिमेकी, समाज तथा सहयोगीहरुसँग अपिल गरेको छ ।
यसैबीच मृगौला पिडीत विकास न्यौपाने बचाउ अभियान सुरु गरिएको छ । स्थानीय समाजसेवी मुना दाहालको अध्यक्षतामा अभियान समिति गठन गरिएको छ । अभियान समितिले विकास न्यौपानेको जिवन बचाउन आर्थिक सहयोगको अपिल सबैसँग गरेको छ । अभियान समितिले एनआइसी एशिया बैंकको खाता नम्बर ८५८७०२०६९८८५२४०१ म रकम जम्मा गर्न गर्न सबैसँग अनुरोध गरेको छ ।
https://www.youtube.com/watch?v=WG0Yr6AObWA

















