२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

करोडको अक्षयकोष स्थापना गर्दै दशनामी समाज

बिर्तामोड, नेपाल दशनामी समाज प्रदेश नं. १ ले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ ।
समितिले दशनामी समाजका सदस्यहरुको हितलाई ध्यानमा राख्दै प्रदेशस्तरीय अक्षयकोष स्थापना गर्न लागेको हो । समितिको तेस्रो पूर्ण विस्तारित भेलामा भएको छलफलले सो निर्णय गरेको प्रदेश अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिनुभयो ।
प्राकृतिक विपत्ति, आगलागी, भूकम्प, वाढीपहिरोका पिडितहरुको सहयोग तथा शैक्षिक वेरोजगारीलाई सीपमुलक तालिम प्रदान गरी आत्मनिर्भर गराउने उदेश्यले अक्षयकोष स्थापना गर्न लागेको हो ।
प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीको अध्यक्षतामा शनिवार इटहरीमा भएको भेलाले सो निर्णय गरेको हो । समितिले अक्षयकोषका लागि सम्पूर्ण बन्धुहरुलाई यथासक्य आर्थिक सहयोग गरिदिन समेत अनुरोध गरेको छ । भेला केन्द्रीय सल्लाहकार टेकबहादुर गिरीको प्रमुख आतिथ्यता तथा विशिष्ठ अतिथि केन्द्रीय सदस्य मनिराम गिरी रहनुभएको छ । कार्यक्रमको सञ्चालन प्रदेश नं. १ सचिव प्रेम भारतीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit