२०८३ असार १० बुधबार
Search
Close this search box.

झापा गोल्डकपमा खेलाडीलाई दुर्घटना बिमा

बिर्तामोड, मग मग झापा गोल्डकपमा सहभागी हुने खेलाडीको दुर्घटना बिमा गरिएको छ आयोजक झापा गोल्डकप र प्रिमियर इन्सुरेन्स कम्पनी नेपालबीच खेलाडी तथा अफिसियलको दुर्घटना बिमाबारे सम्झौता भएको हो । सम्झौताअनुसार प्रत्येक खेलाडी तथा अफिसियलका लागि ५ लाखका दरले बीमा गरिएको आयोजकले जनाएको छ ।
प्रिमियर इन्सुरेन्सका तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेती (सन्तोष) र आयोजकका तर्फबाट महासचिव तथा सचिवालय संयोजक गजेन्द्र पौड्यालबीच दुर्घटना बिमासम्बन्धी सम्झौता भएको हो । प्रतियोगिता अवधिभर २२० जना खेलाडीको दुर्घटना बिमा गरिएको हो ।
सम्झौतामा कम्तिमा एक लाख रुपैयाँ गोल्डकपलाई स्पोन्सर गर्ने सहमति भएको छ । त्यस्तै, एक लाखभन्दा बढी भएमा जुन बढी हुन्छ त्यसको ५० प्रतिशत स्पोन्सरस्वरुप प्रिमियरले आयोजकलाई बुझाउने सहमति भएको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit