बिर्तामोड , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईको सरुवा भएसंगै ट्रक ब्यवसायीहरुले सम्मान सहित विदाई गरेका छन् ।
ट्राफिक ब्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने क्रममा १६ महिना अघि झापा आएका प्रहरी निरीक्षक राईको इटहरी सरुवा भएको छ । उहाँलाई बिहिबार पूर्व नेपाल मेची ट्रक ब्यवसायी संघले सम्मान सहित विदाई गरेको हो ।
झापामा रहँदा ट्राफिक प्रहरी निरीक्षक राईले सबै यातायात ब्यवसायीहरुको मर्म अनुसार काम गरेर झापालीमा मन जित्न सफल भएको भन्दै आगामी दिनहरु अझ रचनात्मक बन्ने अपेक्षा सहित विदाई गरिएको संघका अध्यक्ष रोहितकुमार बुढाथोकीले बताउनुभयो ।
कार्यक्रममा झापाबाट विदा हुन लागेका प्रहरी निरीक्षक राईले यातायात ब्यवस्थापनका क्षेत्रमा सबैको साथ पाएको भन्दै झापालीलाई संधै सम्झने उल्लेख गर्नुभयो । सम्मान सहित विदाई गरिएको कार्यक्रमको सञ्चालन कोषध्यक्ष पदम श्रेष्ठले गर्नुभएको थियो ।

















