तुलशा भट्टराई
सर्लाही, छोराले प्रेम विवाह गरेको भन्दै वडा अध्यक्षले आमामाथि हातपात गर्दै दुव्र्यावहार गरेका छन् ।

सर्लाहीको बरहथवा नगरपालिका – १७ निवासीे जीतेन्द्र राम र अञ्जु रायले अन्तरजातिय प्रेम विवाह गरेपछि सोही वडाका वडाध्यक्ष रामविश्वास रायले जीतेन्द्रकी आमा धनेश्वरीदेवीलाई हातपात गरेको बताइएको छ । जीतेन्द्र र अन्जु स्थानीय एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेकै वेला प्रेम विवाह गरेका थिए । जीतेन्द्रसंग प्रेम विवाह गरेकी अञ्जुका आफन्तले दवाव दिएपछि अहिले उनीहरु लुकेर वसेको बताइएको छ ।
गैरदलित युवतीसँग अन्तरजातीय विवाह गरेको भन्दै वडाअध्यक्ष र अञ्जुका बाबु अभिनन्दन रायसमेत आफूलाई धम्कीसहित दुव्र्यवहार गरेको धनेश्वरीदेवीले बताउनुभयो । वडाअध्यक्षले नै धम्कीसहित आफूलाई दुव्र्यवहार गरेपछि सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी गरेको धनेश्वरीदेवीले बताउनुभयो । यता घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

















