२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

गोल्डकप विजेतालाई १२ लाख ५५ हजार पुरस्कार

बिर्तामोड, मगमग झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करणका लागि करिब ८० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जुटेको छ ।
यही फागुन १८ गतेबाट २७ गतेसम्म सञ्चालन हुने नेपालकै सर्वाधिक दर्शक उपस्थित रहने झापा गोल्डकपमा व्यापारिक प्रतिष्ठानहरुले सहयोगप्रति चासो देखाएका छन् । अघिल्ला गोल्डकपमा भन्दा चौथो संस्करणका लागि उनीहरु सहयोग गर्न बढी नै इच्छुक देखिएको झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
१० टिमको सहभागिता हुने निश्चित भएको झापा गोल्डकपको टाइटल स्पोन्सरमा झापाकै मगमग तयारी चाउचाउ रहने पक्का भइसकेको छ । मगमग यो प्रतियोगिताको मुख्य प्रायोजक हो । यो वर्ष गोल्डकपको सहआयोजकमा बिर्तामोड नगरपालिका र जिल्ला खेलकुद विकास समिति झापा रहेका छन् ।
त्यस्तै, गोल्डकपको चौथो संस्करणका लागि झन्डै पाँच दर्जन व्यावसायिक प्रतिष्ठान तथा संघसंस्थाले आर्थिक सहयोगको प्रतिबद्धता जनाएको झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताउनुभयो । उहाँका अनुसार जनता बैंक स्पेशल प्लाटनियम स्पोन्सरका रुपमा रहेको छ । गोल्डकपको उपविजेताको पुरस्कारबापतको रकम भने अन्तर्राष्ट्रिय झापाली समाजले उपलब्ध गराउने आयोजक समितिले जनाएको छ ।
बिर्तामोड नगरपालिका, टुबोर्ग बियर, ओली एन्ड एसोसिएट, मेची आँखा अस्पताल, भगवती सिमेन्ट, बिर्तामोड उद्योग वाणिज्य संघ, यती डिस्टिलरीका उत्पादन ८८४८ भोड्का, ओल्ड दरबारलगायतले स्पोन्सर गरेका छन् ।
त्यस्तै, हिम इलोक्ट्रेनिक्स, कनकाई फाउन्डेसन, स्मार्ट सेल (एएन्डए कम्पनी), बिर्तामोड खानेपानी, जिल्ला खेलकुद विकास समिति, सानो संसार हाउजिङ, पाथिभरा स्टिल इन्डस्ट्रिजले सहयोगको प्रतिबद्धता जनाएका छन् ।
प्रतियोगितालाई विभिन्न सहकारी संस्थाले समेत आर्थिक सहयोग गरेका छन् । जीवन समृद्धि साकोस, हाम्रो नेपाल सकोस, धौलागिरी पारिजात बहुउद्देश्यीय, पृथ्वी साकोस, स्रिमिक साकोस, शिखर साकोस, जनमैत्री साकोस, विराट बहुउद्देश्यीय, कर्णाली, सहारा नेपाल सकोसलगायत सहकारी संस्थाले गोल्डकपमा स्पोन्सर गर्ने भएका छन् ।
त्यस्तै, नेपाल लाइफ इन्स्युरेन्स कम्पनी, मेट लाइफ, मुक्तिनाथ विकास बैंकले पनि प्रतियोगितालाई सहयोग गर्ने भएका छन् । त्यस्तै, सयपत्री टे«ड लिड्ढ, सुगम हाउजिङ, बन्धन सिमेन्ट, मेची अटोमोबाइल्स डिलर्स (माडा), दृष्टि आँखा अस्पताल, गल्फ लुब्रिकेन्ट, अशोक लेल्यान्ड, रेनल्ट कारलगायत प्रतिष्ठानले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् ।
यसैबीच, गोल्डकपको चौथो संस्करणमा आयोजक समितिले अनलाइन टिकटको व्यवस्था गरेको छ । इसेवासँग सहकार्य गरेर आयोजकले एक सय, दुई सय र तीन सय दरका टिकटको व्यवस्था गरेको अध्यक्ष गिरीले बताउनुभयो । इलेक्ट्रोनिक्स टिकटको व्यवस्था हुने भएपछि अघिल्लो संस्करणमा जस्तो टिकटको नक्कली प्रतिको अवस्था नआउने आयोजकको विश्वास छ । यो वर्ष पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बनाइने गोल्डकप आयोजक समितिले जनाएको छ ।
मगमग झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने आयोजकका महासचिव गजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit