२०८३ असार १० बुधबार
Search
Close this search box.

भान्सा नै औषधालय !

 

बिर्तामोड । ‘माटो र आमाको स्वास्थ्य सुधार अभियानबाट भान्सा नै औषधालय’ विषयक एकदिने अभिमुखीकरण कार्यव्रmम आइतबार बिर्तामोडमा सम्पन्न भएको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत समिति शिक्षा तथा तालिम समितिको आयोजनामा संस्थाको बिर्तामोड कार्यालयमा सो कार्यव्रmम सम्पन्न भएको हो ।


कार्यव्रmमको सहजीकरण गर्र्दै वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालका अध्यक्ष रोमलाल गिरीले आधुनिकताको नाममा जङ्क फुड र फास्ट फुडले मानिसलाई मृत्युको नजिक पु¥याइरहेकोले अग्र्यानिक खानपिनको महत्त्वबारे बताउनुभएको थियो । भान्साबाट निस्केका वस्तु नै विष र अमृत दुवै हुने हुनाले खानालाई स्वस्थकर बनाएर नै जीवन स्वस्थकर हुनेमा उहाँको जोड रहेको थियो । पर्यावरणीय सुरक्षको क्षेत्रमा एनएमसी जस्तो सहकारीले अग्रसरता लिँदै यस क्षेत्रमा अघि बढेको प्रशंसा गर्दै उनले यसका निम्ति एनएमसीलाई धन्यवाद दिनुभएको थियो । त्यस्तै अर्का सहजकर्ता डा. शिवराम ढकालले मानिसमा खानपिनबाट पर्ने प्रत्यक्ष तथा परोक्ष प्रभावका बारेमा चर्चा गर्नुभएको थियो ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उप्रेतीको विशेष उपस्थिति रहेको कार्यव्रmमको अध्यक्षता समितिका संयोजक तथा सञ्चालक सदस्य डम्बरबहादुर बस्नेतले गर्नुभएको थियो । कार्यव्रmममा संस्था अन्तर्गतका सञ्चालक समिति, सल्लाहकार समिति, लेखा समिति, विषयगत समितिका पदाधिकारीहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो । ५० जनाभन्दा बढीको उपस्थिति रहेको कार्यव्रmमको सञ्चालन समिति सदस्य अम्बिकाप्रसाद ढकालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit