मेचीनगर, मेचीनगर–९, खुट्टीडाँगीस्थित पारिजात पब्लिक स्कुलले ४० जनाभन्दा बढीलाई सम्मान गरेको छ ।
विद्यालयले १९औँ बार्षिकोत्सवको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पारिजात वर्ष उत्कृष्ट व्यक्तिको रुपमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापा, पारिजात वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट लोकतन्त्र पोस्ट दैनिकका कार्यकारी सम्पादक झुलन रेग्मी, वर्ष उत्कृष्ट सामाजिक संस्थाको रुपमा स्वबोध साधना केन्द्रलाई सम्मान गरिएको थियो ।
यसैगरी, वर्ष उत्कृष्ट शिक्षकहरुमा मावितर्फ पर्वत उप्रेती, निमावितर्फ निलम कट्टेल, प्रावितर्फ रिकेश बस्नेत र मन्टेश्वरीतर्फ दीक्षा भुजेललाई सम्मान गरिएको थियो । त्यस्तै सोही विद्यालयमा अध्ययन गरेर उच्च तहमा पुग्ने पूर्व विद्यार्थीहरु जनकराज चापागाँई, प्रिती कट्टेल, ज्योति शाह र सविन पौडेललाई पनि सम्मान गरिएको थियो ।
यस्तै, पूर्वशिक्षक भेषराज दाहाल, पूर्व कर्मचारी जङ्गबहादुर खड्का, पूर्वअभिभावक कमला न्यौपाने, मीना पौडेल र नारायण काफ्ले, वर्ष उत्कृष्ट अभिभावकको रुपमा ईश्वरादेवी चापागाईंलाई सम्मान गरिएको थियो ।
विद्यालयले २०७३÷०७४को एसईई परीक्षमा उत्कृष्ट १८ जना विद्यार्थीलाई पनि सम्मान गरेको थियो । त्यस्तै यो वर्षको उत्कृष्ट विद्यार्थी अवार्ड अर्चन रिजाललाई प्रदान गरिएको थियो । खेलकुदतर्फ दिलीप श्रेष्ठ, सलिन खड्का, नमन श्रेष्ठ, रोश्मीका भट्टराईलाई सम्मान गरेको थियो ।
वार्षिक उत्सवको अवसरमा बिद्यार्थीले राष्ट्रिय गीत, आधुनिक तथा लोक गीतमा नृत्य गरेका थिए भने साना कक्षाका बिद्यार्थीहरुले राइम्स, क्याटवाक लगायत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रिन्सिपल बिनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, नेपाल शिक्षक महासंघ झापाका पूर्वअध्यक्ष तेजप्रसाद चौलागाईं, सम्मानित बिद्यार्थी डा. ज्योति साह लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका क्याप्टेन अर्चन रिजालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक निलम कट्टेल तथा टीका पौडेलले गर्नुभएको थियो ।

















