२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

झापामा १२ महिला यौनहिंसा पीडित

दमक, झापा जिल्लामा अघिल्लो वर्षको तुलनामा महिलामाथि हुने यौनहिंसाको घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को वार्षिक प्रतिवेदनले महिलामाथिको यौन हिंसा बढेको देखाएको हो ।
इन्सेकको अनुसार सन् २०१८मा १२ जना महिला यौनहिंसाबाट पीडित भएका छन् । अघिल्लो वर्ष अर्थात् सन् २०१७मा पीडित हुने महिलाको संख्या ८ जना थियो । यसवर्ष हिंसामा परेकामध्ये बलात्कारबाट नौ र बलात्कार प्रयासबाट तीनजना महिला पीडित भएको सार्वजनिक भएको छ । सन् २०१७मा बलात्कारबाट सात र बलात्कार प्रयासबाट एकजना पीडित थिए ।
झापा गौरादहकी १५ वर्षीया सुस्तश्रवण भएकी एक बालिका सामुहिक बलात्कारमा परेकी थिइन् । बालिकालाई २०७५ कात्तिक १० गते बलात्कार गरेको आरोपमा एक परिवारका बाबु र २ छोरा पक्राउ परेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी झापामा सन् २०१८मा ६८ महिला तथा बालबालिकाले प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी गरेको पाइएको छ । यहाँ दर्ता भएका अधिकांश निवेदनमा मिलापत्र गराईएको छ ।
उक्त उजुरी घरेलु हिंसा पीडित महिला तथा बालबालिकाको थियो । कुटपिट गरी घर निकाला गरिएका दुई, खान÷लाउन नदिएको १०, विवाह दर्ता र नागरिकता नबनाएको दुई, अर्की श्रीमती ल्याएर हेला गरेको एक र सामान्य घरायसी झगडाका ५३ घटना रहेको इन्सेकले जनाएको छ ।
यीमध्ये प्रहरीले ६१ उजुरीको मिलापत्र गरायो भने सातओटा मिलापत्रको प्रक्रियामा रहेको पनि मानवअधिकार वर्ष प्रतिवेदनमा उल्लेख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit