२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

घाग्रा खोलामा पुल निर्माण शुरु

बिर्तामोड, दक्षिणी झापाको वाह्रदशी गाउँपालिका– ६ भएर बग्ने घाग्रा खोलामा पुल निर्माण शुरु भएको छ ।
दुई करोड ६० लाख रुपैयाँको लागतमा निर्माण शुरु गरिएको पुलको शिलान्यास झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देनले गर्नुभयो । पुलको शिलान्याससंगै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहनुभएका लिङ्देनले पुल निर्माण भएपछि चारपाने, डाँगीबारी लगायत स्थानका हजारौँ सर्वसाधारण लाभान्वित हुने बताउनुभयो । आफू आवाज विहिनहरुको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा उभ्भिएको र विकास निर्माणमा सधैपछि परेको दक्षिणी क्षेत्रको विकासका लागि आफू सधै लागि पर्ने उहाँले बताउनुभयो ।
बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी, उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडाध्यक्ष रत्न योङहाङलगायतको उपस्थिति रहेको पुल शिलान्यास कार्यक्रममा आगामी आर्थिक वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने बताइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, एक नम्बर प्रदेश र बाह्रदशी गाउँपालिकाको संयुक्त लगानीमा पुल बन्न लागेको गाउँपालिका अध्यक्ष राजवंशीले बताउनुभयो । पुलको लम्बाई ५३ मिटर रहनेछ ।
पुल निर्माण समिति अध्यक्ष खगेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद पूर्णसिंह राजवंशी लगायतले वोलेको निर्माण व्यवसायी जेवी तामाङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit