बिर्तामोड, झापा बिर्तामोडकी सोनिका राजवंशीले हिमाअस मिस झापा कलेज डिभा २०१९ को उपाधि हात पारेकी छिन् ।
नेपाललाई समृद्ध बनाउन कसरी सकिन्छ भन्ने निर्णायको प्रश्नको उत्कृष्ट उत्तर दिदै बिर्तामोडको देवि उच्चमाविमा अध्ययनर्त राजवंशीले ११ जना फाइनालिष्टलाई पछि पार्दै उपाधि जितेक हुन् । विजेता राजवंशीले नगद २५ हजार रुपैयाँ सहित प्रमाणपत्र हात पार्दै ग्लोबल कलेज अफ मेनेजमेन्ट काठमाण्डौ वा बिर्तामोडको गोमेन्द्र कलेजमा निःशुल्क स्नातक तह अध्ययन् गर्ने अवसर पनि पाएकी छिन् ।
त्यसैगरी हिमाअस मिस झापा कलेज डिभा २०१९ को फस्ट रनर अप देवी उच्च मावि बिर्तामोडमै अध्ययनर्त भद्रपुर – ३ निवासी कामना नेपालले भएकी छिन् । उनले नगद २० हजार रुपैयाँ र सेकेन्ड रनर अप कोहेड कलेज बिर्तामोडमा अध्ययनर्त हल्दिबारी– १ कि रोसिका सापकोटाभएन् । उनले नगद १५ हजार रुपैँया सहित सोही कलेजमा निःशुल्क पढ्ने अवसर पाएको बताइन्छ ।
ग्लोबल इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको कार्यक्रममा कलेजमा अध्ययनर्त गर्ने छात्राहरुको व्याक्तिगत विकास र समाजमा थप जिम्मेवारी बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रबन्धक निर्देशक कमल न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा झापाका विभिन्न कलेजका ४० बढी छात्राहरुको सहभागिता रहेको इभेन्ट मेनेजर तारानिधि पौड्यालले जानकारी दिनुभयो । बिर्तामोड स्थित सीटी प्यालेसमा आयोजित कार्यक्रममा शिक्षाविद् केशव मैनाली, बिबिसीका झापा प्रतिनिधि उमाकान्त खनाल, डाक्टर प्रविन भट्टराई, अभिवक्ता पर्शुराम बानियाँ, युवा व्यावसायि सुदर्शन खतिवडा लगायत निर्णायकको भूमिकामा रहनुभएको थियो । हिमाअसले टाइटल स्पोन्सर गरेको उक्त कार्यक्रमको सञ्चालन ट्रेनर प्रहिल कार्कीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया