२०८३ असार १० बुधबार
Search
Close this search box.

कर्णाली एजुकेशन प्रथम

झापा, नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँ समितिको आयोजनामा आइतबार अन्तर माध्यमिक हाजिरीजवाफ प्रतियोगीतामा सम्पन्न भएको छ ।
हाजिरीजवाफमा १० अंक प्राप्त गरि कर्णाली एजुकेशन फाउन्डेसनले प्रथम स्थान हात पारेको छ । आर्दश माध्यमीक विद्यालय बुद्धशान्ति र मुनामदन एकाडेमी बुद्धशान्तिले बराबर ५ अंक प्राप्त गरेकोमा गोलाप्रथाबाट सोधिएको प्रश्नबाट आर्दश माध्यमिक विद्यालय दोस्रो तथा मुनामदन एकाडेमी तेस्रो भएका छन् ।
गाउँ समितिका सभापति नरेस लावतीको सभापतित्व, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति झापाका सभापति राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न हाजिरीजवाफमा नेपाली कांग्रेस क्षेत्र नम्बर –२का सभापति खगेन्द्र मैनाली, जिल्ला सदस्य भुपेन्द्र थेवे, नेविसंघ जिल्ला प्रवक्ता संजय निरौला, नेविसंघ जिल्ला सदस्य गोकुल पौडेल, मिलन चापागार्इँ र बुद्धशान्ति गाउँपालिका विभिन्न विद्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक जिल्ला सदस्य पौडेलले गर्नुभएको थियो । गाउँ समितिका सचिव रोसन भट्टराईले औचित्यमाथि प्रकाश पार्नुभएको थियो । नेविसंघ झापाले जिल्ला स्तरीय हाजिरीजवाफको आयोजना गर्ने उद्देश्यले झापाका १५ वटै स्थानीय तहमा प्रतियोगिता आयोजना गरिरहेको छ । प्रत्येक स्थानीय तहबाट प्रथम हुने विद्यालयले जिल्ला स्तरीय प्रतियोगिमा सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit