नेकपाका प्रवक्ता प्रतिक भन्छन्–संसदीय व्यवस्था दलाली भयो


बिर्तामोड, नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले देशव्यापी रुपमा भोलिबाट शुरु गर्न लागेको मेची महाकाली जनजागरण अभियानको तयारी पूरा भएको जनाएको छ ।
झापाको काँकरभिट्टा, पश्चिम कञ्चनपुरको गड्डाचौकी, मध्यपश्चिममा पोखरा र राजधानी काठमाडौं गरी चार ठाउँबाट भोलि मेची महाकाली जनजागरण अभियानको एकै पटक उद्घाटन गर्दैछ । मेची महाकाली जनजागरण अभियान १५ दिनसम्म चल्ने पार्टीका प्रवक्ता हरिभक्त कडेल प्रतिकले बताए ।
झापाको बिर्तामोडमा पत्रकारसंग कुराकानी गर्दै प्रवत्ता कँडेलले भने– ‘वर्तमान संसदीय व्यवस्था दलाली, भ्रष्टिकरणको संरक्षण गर्दै जनघात, राष्ट्रघातको बाटोमा अगाडि बढिरहेको छ, देशी विदेशी शक्तिहरुले विस्तारवादी, साम्राज्यवादी नीतिको प्रभाव बढाउँदै गएका छन् , यतिबेला क्रान्तिकारी शक्तिहरुबीचको एकता अपरिहार्य देखिएको छ त्यसैले हामीले मेची महाकाली जनजागरण अभियान थालनी गरेका हौं ।’
क्रान्तिकारी शक्तिहरुबीचको एकता अपरिहार्य रहेको बताउँदै उनले भने– ‘ पार्टी एकताको लागि विभिन्न समयमा विप्लव समूह लगायत अरुपनि क्रान्तिकारी शक्तिहरुसँग पार्टी एकताको लागि छलफलहरु भएका छन । क्रान्तिलाई केन्द्र बिन्दु बनाउने हो भने, विचार, राजनीति र कार्यदीशाका आधारमा एकता गर्नुपर्छ भन्नेमा हाम्रो जोड छ ।’
नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरिरहेको समूहसंग पनि पार्टी एकताका लागि भएका छलफलका विषयमा प्रष्ट्याउँदै नेता प्रतिकले भने –‘ विप्लव जीहरुसंगको भावनात्मक कुराहरुमा मात्र जोड देखियो, उहाँहरु राजनीतिक वैचारिक कुरामा सहमत नहुने स्थिति देखिएको छ । यस्तो अवस्थामा तत्कालै पार्टी एकता हुन सक्दैन तथापि उहाँहरुले एकता गर्न चाहेमा एकता नहुँने भन्ने चाँही होइन ।’ देशमा अन्तराष्ट्रिय शक्तिहरुले विस्तारवादी, साम्राज्यवादी नीतिको प्रभाव बढाउँदै गएको अवस्थामा क्रान्तिकारी शक्तिहरुबीचको एकता अपरिहार्य देखिएको छ, यस्तो अवस्थामा निश्चित कार्यदीशा वनाई विचार मिल्ने शक्तिहरुबीत एकाता आवश्यक छ प्रवक्ता कडेलले भने ।
पुरानो सत्ता र व्यवस्था दलाल, पूँजीपति वर्गको पक्षमा रहेको औल्याउँदै जनताको हक, अधिकारको सुनिश्चितताका लागि क्रान्तिको बाँकी कार्यभार पूरा देशव्यापी जनजागरण अभियान थालनी भएको बताइएको छ । झापामा हुने अभियानको उद्घाट पार्टी प्रवक्ता कडेलले नै गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया