२०८३ असार १० बुधबार
Search
Close this search box.

रबर उत्पादनमा झापा अगाडि, बजारीकरणमा समस्या

झापा,नेपालमा रबर खेतीको सुरुवात झापाबाट भएको हो । रबर उत्पादनका हिसावले पनि झापा अगाडि छ । तर, वजारीकरणका कारण यहाँका कृषकले अपेक्षागरे अनुसार रबरबाट आम्दानी लिन नसकेको चन्द्रगढीमा आज आयोजित कार्यक्रमका सहभागीले औल्याएका छन् ।

जिल्ला समन्वय समिति र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रबर जोन झापाले आयोजना गरेको रबर खेती सम्भावना र चुनौति विषयक कार्यक्रमका सहभागीले रबर एक बहु उपयोगी उत्पादन भएपनि यसको महत्वलाई सरकार र कषकले अझैंपनि नबुझेका कारण नेपालमा रबर खेती सोचे अनुरुप फस्टाउन नसकेको वरिष्ठ रबर विशेषज्ञ तथा रबर जेट्रोफा अनुसन्धान संस्थाका कार्यकारी निर्देशक तीलकबहादुर भण्डारी बताउनुभयो । उहाँले भन्नुभयो – ‘रबर खेतीको सुरुवात झापाबाट भएको हो । २०४७ सालदेखि झापामा रबर खेतीको सुरुवात भएको थियो रवर विशेषज्ञ भण्डारीले भन्नुभयो – ‘गोरखकाली रबर उद्योगको स्थापनापछि शनिश्चरेबाट नेपालमा रवर खेतीको सुरुवात भएको हो । ’

नेपालका झापा, मोरङ्ग, सुनसरी र इलामका केही स्थानमा गुणस्तरीय रबर उत्पादन गर्न सकिने बताउदै भण्डारीले भन्नुभयो– ‘झापामा साना तथा मझौला कृषकले गरेको रबर खेतीलाई अझ व्यवस्थित गर्दै बजारीकरण गर्न सक्ने हो भने अन्यवालीको तुलानामा छोटो समयमा कृषकले रबरबाट दसौंगुणा बढी लाभ लिन सकन्छ ।’

‘नेपालमा रबरको उत्पादकत्व १३–१४ सय केजी सुक्खा रबर प्रति बर्ष प्रति विघा भएको कृषकहरुको अनुभव छ । अहिलेकै अवस्था अनुसार पनि उत्पादकत्व २०–२५ सय केजीसम्म हुने क्षमता रहेको देखिन्छ’ उहँँले भन्नुभयो –‘अहिले नेपालमा करिव ३५० मेट्रिकटन भन्दा बढी रबर उत्पादन हुने गरेको छ । यसको बजार मूल्य ७ करोड रुपैयाँ हुन आउँछ ।’

झापामा रबर खेतीलाई भौगोलिक रुपमा हेर्ने हो भने महेन्द्र राजमार्ग उत्तर तर्फ यसको खेती बढी भएको देख्न सकिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनलाई पनि झापाको उत्तरी क्षेत्रमा रवर खेती फस्टाएको उल्लेख गरिएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वका झापा, मोरङ, सुनसरी र इलामको तल्लो भेगमा करीब ५०० हेक्टर क्षेत्रफलमा रवर खेती हुँदै आएको बताइएको छ ।

प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ट, जिल्ला वन कार्यालयका पदाधिकारी, विभिन्न वन समूहका पधाधिकारीको आतिथ्यमा रवर खेती सम्वन्धी छलफल भएको थियो ।

तत्कालीन शनिश्चरे गाविस–३ बाट शुरु भएको रवर खेती हाल झापाका तीन सामुदायिक वनसहित तत्कालीन बुधबारे, शनिश्चरे, धाइजन, पृथ्वीनगर, घेराबारी, राजगढ, खुदुनाबारी, सुरुङ्गा लगायतका स्थानमा हुँदै आएको छ । झापामा मासिक १० टन रवर उत्पादन हुने गरेको छ । अघिल्लो आर्थिक वर्ष झापामा एक करोड ४४ लाख रुपैयाँ वरावरको रवर उत्पादन भएको बताइएको छ । नेपालमा वार्षिक १५ अर्व रूपैयाँ बराबरको रवर आवश्यक भए पनि नेपालमा उत्पादित रवरले ५ प्रतिशत मात्र हिस्सा ओगटेको बताइन्छ ।

पछिल्लो समय झापामा रवर खेती फस्टाउँदै गएपछि झापालाई गतवर्षबाट रवर जोन घोषणा गरिएको कार्यक्रममा जानकारी दिइयो । नगदे वालीका रुपमा चिनिएको रवर खेती सामुदायिक वनले समेत लगाउन शुरु गरेपछि झापामा रवर खेतीको सम्भाव्यतालाई अध्ययन गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई काठमाडांैले झापालाई रवर जोन घोषणा गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका शेषराज पौडेलले बताउनुभयो ।

नेपाली बजारमा रवरको अत्यधिक माग रहेकाले पूर्वी नेपालको झापालाई रवर उत्पादनका लागि सरकारले प्राथमिकतामा राखेको बताइएको छ । रवरको बिरुवा लगाएको सातबर्ष पछिबाट उत्पादन (चोप) दिन शुरु गर्ने र यसले २५ वर्षसम्म निरन्तर आम्दानी दिइरहने भएकाले कृषक रवर खेतीतर्फ आकर्षित भएको अर्जुनधारा नगरपालिका कृषि शाखा प्रमुख शालिकराम भट्टराईले बताउनुभयो ।

दक्षिण अमेरिकाको ब्राजिलबाट शुरु भएको मानिने रवर खेती २१देखि ३५ डिग्री सेन्टिगे्रडसम्मको तापक्रममा राम्ररी फष्टाउने गरेको विज्ञहरु बताउँछन् । रबरबाट टायर, बेलुन, कण्डम, इलेजर लगायतका सामग्री निर्माण हुने गरेको छ । रबर सबैभन्दा बढी अक्सिजन फ्याँक्ने र कार्वन सञ्चित गर्ने पाँचौंं वनस्पति हो । जिल्लाका कृषकलाई लक्षित गर्दै यस अघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले रवन प्रशोधन भट्टी–धुँवा घरमा अनुदान दिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपारी जोन प्रमुख राजेन्द्र खरेलले झापाको हावापानी सुपारी र रवर खेती सुहाउँदो भएकाले त्यसवाट प्रसस्त आम्दानी लिन सकिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit