२०८३ असार १० बुधबार
Search
Close this search box.

५० लाख खर्चेर विद्यालय भवन निर्माण गरिदिँदै प्रसाई

झापा, झापा बिर्तामोड निवासी एक दाताले बिर्तामोड नगरपालिका – २ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयलाई चार तले पक्की भवन निर्माण गरिदिने हुनुभएको छ ।

५० लाख रुपैयाँको लागतमा वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले चार तले भवन निर्माण गरिदिन लाग्नु भएको हो । सामुदायिक विद्यालय तर्फ जिल्लाकै नमूना विद्यालयका रुपमा चिनिएको सो विद्यालयका लागि निर्माण गरिने भवनको आज आयोजित एक कार्यक्रमका बीच शिलन्यास गरिएको छ ।

आवाससहित रहेका सुस्त श्रवण भएका विद्यार्थीलाई पठन पाठनमा समस्या भएपछि दाता प्रसाईले विद्यालय भवन निर्माण गरिदिने प्रण गर्दै सरस्वती पूजाको अवसरमा विद्यालय भवनको शिलन्यास गर्नु भएको प्रधानाध्यापक शेरवहादुर श्रेष्ठले जानकारी दिनुभयो । भवन शिलन्यास कार्यक्रममा अस्पतालका अध्यक्ष इन्दिरा गिरी, व्यवस्थापक प्रताप कार्की, जनसम्पर्क अधिकारी प्रमिस गिरीको समेत उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी देवी गिरीले ५० लाख रुपैयाँ खर्चेर बिद्यालय भवन निर्माण गरिदिनु बिर्तामोडवासीका लागि मात्र नभई झापावासीकै लागि गौरवको विषय भएको बताउनुभयो ।

सुस्त श्रवण भएका २२ जना आवासहित सो विद्यालयमा नौ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit