बिर्तामोड,बीरता लेडी जेसीज विर्तामोडले बिर्तामोड– ५ निवासी ८५ वर्षीया वृद्ध महिलालाई सम्मान गरेको छ ।

बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बीच नगद १५ हजार सहित वैशागी धिमालाई सम्मान गरिएको थियो । एक्सल डेभलपमेन्ट वैक बिर्तामोडले नगद सहयोग गरेको कार्यक्रममा अन्य विभिन्न २१ बढी संघ संस्थाले सम्मान पत्र र नगद प्रदान गरेका थिए ।
बीरता लेडी जेसीज बिर्तामोडकी अध्यक्ष शरु भुर्तेल खनालको सभापतित्वमा भएको कार्यक्रममा आस्था वाचन बीरता लेडी जेसीजकी संस्कृति संयोजक मञ्जु ओली न्यौपानेले गर्नुभएको थियो ।
बीरता लेडी जेसीजकी सह सचिव संगीता गिरीले गरेको कार्यक्रममा बीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, एक्सल वैंकका कार्यकारी निर्देशक दिनेश पोखरे, गोमेन्द्र एजुकेशनका संस्थापक गणेशप्रसाद खनाल, व्रम्ह्रकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडकी प्रमुख पूर्णिमा वाईजी, नारी संचारगृहकी कार्यवहाक अध्यक्ष भीमा शिवाकोटी,जिल्ला ट्राफिक प्रहरी कार्यक्रलय बिर्तामोडका प्रहरी निरीक्षक राजेश राई, उद्योग वाणिज्य संघ बिर्तामोडकी उपाध्यक्ष पार्वता विमली, महिला मुक्ति अभियानकी अध्यक्ष राधा शुव्वा, बीरता जेसीजका अध्यक्ष विशाल थापा, सूर्याेदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली सम्मानित महिलाकी वुहारी सुरमनि धिमाल लगायतले बोलेका थिए ।
सम्मानित व्यक्तिको सम्मान पत्र वाचन बीरता लेडी जेसीजकी पूर्व अध्यक्ष शोमा शिवाकोटीले गर्नुभएको थियो । कार्यक्रमको संचालन बीरता लेडी जेसीजकी महासचिव शुष्मा पौडेलले गर्नुभएको थियो ।


















