२०८३ असार १० बुधबार
Search
Close this search box.

लुटपाट तत्काल गर्न बन्द प्रधानमन्त्री ओलीको आग्रह

भद्रपुर,

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको नाममा जनतामाथि दमन र लुटपाट मचाउने कार्य बन्द तत्काल गर्न आग्रह गरेका छन्

‘सुखानीको शहिद भुमिबाट बोल्दैछु’, नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, “कम्युनिष्ट पार्टी जनता मार्ने, लुट मचाउने, चन्दा असुल्ने, विस्फोट गराउने पार्टी होइन, सच्चा कम्युनिष्ट पार्टी भए आउँनुहोस्, देश र जनताको निम्ति एउटै पार्टीमा बसेर काम गरुम् ।”

दानाबारीस्थित इलाम र झापाको सीमानामा नेकपाले आयोजना गरेको ४६औँ सुखानी शहीद स्मृति दिवस तथा श्रद्धाञ्जलीसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेत्र चन्द्र विक्रम ‘विप्लव’ माओवादी पार्टीलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

‘आज शहिद भुमिबाटै पार्टी एकताका लागि आवहन गर्न चाहन्छु, आफ्नो पार्टीको ठोस योजना लिएर आउँनुहोस, हामी कम्युनिष्ट पार्टी बनाएर अघि बढ्न तयार छौ, प्रधानमन्त्री ओलीले भन्े ।’ शहिदहरुको बलिदान र मुल्यांकन गर्न कम्युनिष्ट पार्टी नीति बनाएर अघि बढिसकेको उनले प्रस्टाए ।

वर्तमान सरकार शहिदको सपना पूरा गराउन जनताको हितमै काम गरिरहेको उल्लेख गर्दै उनले भने, ‘यसबर्ष गरेको काम भन्दा आउँदो बर्ष अझ बढी काम गर्नेछु, जनताको अधिकार र जीवनस्तर वृद्धिका लागि सरकार दिर्घकालीन योजना लिएर अघि बढिसकेको छ ।’ केही शक्ति र प्रतिक्रियाबादी समूहले भर्खरै एकता भएको नेकपा पार्टी फुटाउन खेलमा लागि परेकोले नेकपा पार्टी भित्र त्यस्तो कुनै असन्तुष्टी नरहेको उनले प्रस्टाए ।

झापा आन्दोलन र विद्रोहका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सरकार शहिद घोषणा गर्ने तयारीमा रहेको बताउँदै उनले भने, कोही शहिद हुने कोही शहिद नहुने यसमा कुनै किसिमको भेदभाव हुदैन, भर्खरै पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएकोले फागुन २१ अघि बाँकी रहेका व्यक्तिलाई शहिद गर्न सकेनौ । उनीहरुलाई अब छिट्टै राज्यले शहिद घोषणा गर्ने उनले बताए ।

उनका अनुसार झापा विद्रोहले पञ्चायत शासनसँगै राजतन्त्र ढालेर जनता र देशका लागि लोकतन्त्र र गणतन्त्र स्थापना गराउन मुख्य भुमिका निर्वाह गरेको छ । ‘४६ बर्षअघि यस आन्दोलनको एक पात्र म पनि हुँ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसदिन म लुकेर वा भागेर नबाचेको भए पञ्चायत सरकारले मलाई यही ल्याएर मार्थ्यो र सुखानीमा मेरो पनि शालिक हुन्थ्यो ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रतिक्रियाबादीले प्वाल पार्ने षडयन्त्र बनाइरहेको खुलासा गरेका छन् ।

पार्टी एकतालाई मजबुत बनाउन हामी लागि परेको उल्लेख गर्दै तत्कालिन माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले भने, कम्युनिष्ट आन्दोलनलाई व्यर्थ जान नदिन हामी एकजुट भएका छौ । ‘जनताको अधिकार र समृद्धिका लागि वर्तमान सरकार लागि परेको छ, उनले भने, ‘कम्युनिष्ट बहुमतको सरकारबाट हुने कमिकमजोरीलाई पार्टीभित्र छलफल र समिक्षा गरी जनताको पक्षमा लैजान प्रयासरत छौ ।’ सुखानीको यस शहिद भुमिमा उभिएर प्रचण्डले भने, ‘तत्कालिन एमाले र माओवादी पार्टी एकता नगराउन मलाई धेरै लोभ लालच देखाइयो, पाँच बर्षसम्म प्रधानमन्त्री बनाउने लिखित सहमति पनि दिने भयो, तर मैले मानिन् ।’ उनले भने, ‘मैले पद र प्रतिष्ठाको लागि पार्टी एकता गरेको होइन, कम्युनिष्टलाई एकजुट बनाउन पार्टी एकता गरेको हुँ ।’ ‘दुई पटक प्रधानमन्त्री बनिसकेको छु, प्रधानमन्त्रीको लागि लोभ छैन, अब जनताको पक्षमा काम गर्ने छु, उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit