२०८३ असार १० बुधबार
Search
Close this search box.

बिएण्डसीका निर्देशक प्रसाईलाई अभिनन्दन

बिर्तामोड,स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई एक विद्यालयले सम्मान सहित अभिनन्दन गरेको छ । शनिबार विद्यालयको १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पार्दै बाह्रदशी गाउँपालिका ६ मा रहेको कञ्चनगढ एजुकेशन फाउण्डेसनले प्रसाईलाई सम्मान गरेको हो ।
झापामै दक्ष चिकित्सक सहित सुविधासम्पन्न अस्पताल सञ्चालन गरी एसियाकै उपचार सेवा बिर्तामोडबाट दिएर नागरिकलाई गुन लगाएकाले निर्देशक प्रसाईलाई सम्मान सहित विद्यार्थीबाट अभिनन्दन गरिएको कञ्चनगढ एजुकेशन फाउण्डेसनका प्रमुख जीवन पनेरुले बताउनुभयो । ‘आज झापाको बिर्तामोडमानै सबै सुविधा सहितको अस्पताल छरनै बालबालिका देखि बृद्धबृद्धाले समयमा उपचार पाएर जिवन पाएका छन्, नत्र अन्य देशमा उपचार गर्न जानुपर्ने नेपालीको बाध्यता थियो, यस्तो अवसर दिनेलाई हामिले सम्झनै पर्ने भएर आज अभिनन्दन सहित सम्मान गरेका हौँ ’ पनेरुले भन्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक प्रसाईलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा संसद राजेन्द्र लिङ्देनले कदरपत्र सहित सम्मान गर्नुभएको थियो । सम्मान पछि अस्पतालले पु¥याएको योगदानको कदर गर्दै विद्यालयका सबै विद्यार्थीले अभिनन्दन गरेका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक प्रसाईले शिक्षा र स्वास्थ्य एक अर्काका परिपुरक भएकाले स्वास्थ्य राम्रो भए मात्र शिक्षा हुने भएकाले यसको सुरुवात आफुले मेची अञ्चलको बिर्तामोडमा सुविधा सम्पन्न अस्पताल खोलेर गरेको र अब केहि समयमानै शिक्षण कलेज पनि सुरु हुने बताउनुभयो ।
‘अब बिएण्डसीले कलेज चलाउँछ, यहाँ कलेज सुरु भएपछि यो क्षेत्रका विद्यार्थीले नर्सिङ्ग पढ्नकै लागि ठुलो लगानीमा बिदेशिनु पर्नेछैन, यसको अवसर हामीलेनै दिनेछौँ ’ निर्देशक प्रसाईले भन्नुभयो । उहाँले देशमा सबैभन्दा सस्तोमा उपचार गर्ने अस्पताल अब बिएण्डसी अस्पताल हुने दाबी गर्दै उपचार र नर्सिङ शिक्षा दिनमा अब बिएण्डसी तयार रहेको बताउनुभयो । ‘अब ताप्लेजुङको ओलाङ्चुङगोलादेखि बिर्तामोडसम्मका युवा युवतीले सौलियतमा बिएण्डसीमा शिक्षा लिन्छन्, हामीनै योग्य डाक्टर अब बिर्तामोडबाट उत्पादन गछौं, सबैले आफ्नै सम्झेर सहयोग गर्नुहोस म काम गर्न तयार छु ’ निर्देशक प्रसाईले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit