बिर्तामोड, झापामा लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका १ को धरमपुरमा दाउरा झार्ने क्रममा आज एक व्यक्तिको लडेर मृत्यु भएको हो ।

मृतक सोही ठाउँ निवासी ३० वर्षीय सुमन राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार रुखको फेदमा साइकल अड्याई दाउरा झार्ने क्रममा उनी लडेका थिए ।

















