२०८३ असार १० बुधबार
Search
Close this search box.

सर्वोच्चको आदेश सरकारी अस्पतालबाटै अवज्ञा

झापा,सर्वाेच्च अदालतको आदेशलाई अबज्ञा गर्दै मेची अञ्चल अस्पताल भद्रपुर परिसरमा दर्जन बढी क्लिनिक सञ्चालनमा रहेको पाइएको छ ।

२०७२ साल असार १४ गते अन्तरिम आदेश जारी गर्दै साउन १ देखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन नगर्न सर्वाेच्च अदालतले आदेश जारी गरेको थियो । तर, सर्वाेच्चको आदेशलाई नै अवज्ञा गर्दै मेची अञ्चल अस्पताल परिसरमा दर्जनौं क्लिनिक सञ्चालनमा रहेका छन् । सरकारले उपलब्ध गराउने निःशुल्क औषधि वितरण सेवा अस्पताल आफैंले शुरु गर्नुपर्ने भन्दै निजी औषधि पसल सञ्चालनमा रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश नै जारी गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार २०७२ साउन १ देखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न पाइँदैन । तर, हाल सम्मपनि सर्वोच्चको आदेश मेची अञ्चल अस्पतालले पालना गरेको छैन । सर्वाेच्चको आदेशको अवज्ञा गर्दै अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालनमा रहँदासम्म पनि नियमनकारी निकाय मौन रहेको देखिन्छ ।

अदालतले निजी व्यक्तिलाई भाडा वा ठेक्कामा आफ्नो हाताभित्र फार्मेसी खोल्न दिने काम नगर्नू र नगराउनू भनि दिएको आदेशको मेची अञ्चल अस्पताल भद्रपुरले अवज्ञा गरेको छ । अहिले अस्पताल हाता भित्र शुष्मा, कविता, दुर्गा, तिम्सिना, कन्काई मेडिकल हल लगायत दर्जन बढी निजी फार्मेसी सञ्चालनमा छन् ।

सरकारले ७० प्रकारका औषधि निःशुल्क बाँड्ने नीति अख्तियार गरेसंगै मेची अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । तर, सो फार्मेसीमा अस्पतालमा सेवा लिन आएका विरामीले सरकारले उपलब्ध गराएका ७० प्रकारका निःशुल्क औषधि नपाइने गरेको गुनासो गरेका छन् ।

सरकारले सबै सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने भन्दै ‘अस्पताल फार्मेसी सेवा निर्देसिका २०७२’ ल्याएको थियो । सरकारले नीति ल्याए पनि त्यसको कार्यान्वयनमा चासो नदिँदा मेची अञ्चलवासी समस्या पर्ने गरेको बताइएको छ । सरकारी अस्पतालमा भने अनुसारको सेवा र नपाउँदा सर्वसाधारण निजी अस्पताल धाउन वाध्य छन् ।

यता यस विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्वर ठाकुरसंग वुझ्न खोज्दा उहाँसंग सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit