बिर्तामोड, फौजदार घाट सिँचाई आयोजनको निर्माण सम्पन्नसंगै दक्षिणी झापाको राजगढका ५ सय वढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
६ सय ५ हेक्टर क्षेत्रफल सिञ्चाई गर्न सकिनेगरी मझौला सिँचाई आयोजना अन्तरगत २०७३ सालबाट नहर निर्माणको काम शुरु भएको थियो । पहिलो चरणमा झण्डै ६ किलोमिटर नहर निर्माण भएसंगै त्यहाँका ५ सय ५० घरधुरी प्रत्यक्ष लाभान्बित हुने फौजदार घाट सिँचाई जल उपभोक्ता संस्थाका अध्यक्ष प्रेम घिमिरेले जानकारी दिनुभयो । 
घिमिरेका अनुसार यसैसातावाट नहरमा पानी छाडिदै छ । नहर निर्माणको सम्पूर्ण काम पूरा भएको बताउँदै घिमिरेले भन्नुभयो–‘अहिले हेडवक्स र यूआर ( नहरले बाटो काटेको ठाउँमा घपनी बनाउने कार्य) निर्माणको चरणमा छौं, त्यो सवैकाम यसैसाता भित्र सम्पन्न हुन्छ अनि नहरमा पानी छाड्छौं ।’
१० करोड ६९ लाख ८२ हजार ५ सय ८ रुपैयाँको लागतमा नहर निर्माणको काम आशीष स्वामी नारायण आशीर्वाद जेभीले ठेक्का लिएको थियो । अगामी २०७६ असार १२ गते सम्पन्न हुने योजनाबाट तत्कालीन राजगढ–३, ५, ८ र ९ का दुई हजार ९५ जना कृषक प्रत्यक्ष लाभान्वित हुने लक्ष्य सहित नहर निर्माणको कामा शुरु भएको थियो । नहर दई मिटर चौडाइ र ७५ सेनिटमिटर उचाइको रहेको बताइएको छ ।
तीन चरणमा निर्माण सम्पन्न हुने सो नहरको पहिलो चरणको काम सकिएकाले दोस्रो चरणको कामका लागि समेत पहल थालिएको अध्यक्ष घिमिरेले बताएउनुभयो । उहाँका अनुसार तीन चरणमा नहर निर्माण सम्पन्न भएपछि योजनाबाट ६३० हेक्टर जग्गा सिँचाइ अनुमान गरिएको छ ।

















