दमक,फागुन २६ । शहिद राजकुमार आङ्गदेम्बे माङतोक तथा मनिल तामाङ स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः ज्ञानबहादुर गुरुङ्ग चयन हुनुभएको छ ।
शनिवार दमकमा सम्पन्न प्रतिष्ठानको दोश्रो अधिबेशन तथा पाँचौ साधारणसभाले गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्ष क्याप्टेन एवी पन्धाक,द्धितीय उपाध्यक्षमा शान्ता योङ्हाङ,तृतीय उपाध्यक्षमा जित बहादुर आङ्देम्बे, महासचिवमा दिल कुमार लावती,सचिवमा सङगम खनाल र कोषाध्यक्ष जीवन प्रकाश शेर्मा चयन हुनुभएको छ ।
यसैगरि सदस्यहरुमा अशोक चेम्जोङ,भबिराज तुम्सा,पूर्ण कला तेयुङ,किरण लिङ्देन,अमर इजम,दिलु लिङ्देन,मनोहर थलङ, भावना तिरुवा निर्वाचित हुनुभयो ।
बाकी २ जना कार्यसमितिको वैठकले मनोनित गर्ने महासचिव दिलकुमार लावतीले वताएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनको प्रमुख आतिथ्यतामा भएको अधिबेशनको उद्घाटनमा मञ्चकी नेतृ तथा प्रदेश सभा सदस्य विष्णुमाया तुम्बाहाम्फेलगायतले पहिचान र ऐतिहासिक पृष्ठभूमिका आधारले अरुण पूर्वको यस प्रदेशलाई विशिष्ट किसिमको लिम्बुवान राज्य घोषणा गर्नुपर्ने जोड दिएका थिए ।
लिम्बुवानका आन्दोलनका क्रममा माङ्गतोक २०६४ साल असोज ६ र मनिल तामाङको विद्यार्थी आन्दोलनका क्रममा २०६५ साल चैत ६ गते ज्यान गुमाएका थिए । पार्टीले दुवै शहीदको स्मृतिमा प्रतिष्ठान स्थापना गरी विभिन्न सामाजिक गतिविधिहरु गरिआएको छ ।

















