२०८३ असार १० बुधबार
Search
Close this search box.

सापडिग्री खोलामा पक्की पुल बन्ने

झापा,  झापाको हल्दीबारी र बाह्रदशी गाउँपालिकाको सीमाना भएर बग्ने सापडिग्री खोलामा पक्की पुल बन्ने भएको छ । हल्दीबारी–१ र बाह्रदशी–५ लाई जोड्ने गरी सापडिग्री खोलामा २ करोड १५ लाख रुपैयाँको लागतमा पुल निर्माण हुने भएको हो ।

झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देन र प्रदेश सांसद् पुर्ण्सिहं राजवंशीले आज शनिवार संयुक्त रुपमा पुलको शिलान्यास गर्नुभयो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, एक नम्बर प्रदेश, हल्दीबारी र बाह्रदशी गाउँपालिकाको संयुक्त लगानीमा पुल बन्न लागेको हो । पुलको निर्माणकार्य आगामी जेठ मसान्तभित्र सम्पन्न हुने बताइएको छ ।

पुलको शिलान्यास गर्दै सांसद् लिङ्देनले निर्माण कार्य छिटो र प्रभावकारी रुपमा अघि बढाउन निर्माण समिति र ठेकेदारलाई आग्रह गर्नुभयो । पुल निर्माण सम्पन्न भएपछि हल्दीबारी र बाह्रदशीलगायत स्थानका हजारौँ सर्वसाधारण लाभान्वित हुने हल्दीबारी गाउपालीकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । केही वर्षअघि बाढीले त्यहाँ रहेको कजवेसमेत बगाएपछि स्थानीयले समस्या झेल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit