२०८३ असार १० बुधबार
Search
Close this search box.

सन्दकपर पदमार्गमा सवारी ठप्प

पशुपतिनगर, प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ । सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको हो । 

वर्षात्पछि बाक्लो हिमपात भएकाले इलामको नेपाल–भारत सीमाक्षेत्र मानेभञ्ज्याङदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्रमा अहिले यातायातका साधन चल्न सकेका छैनन् । 

वर्षात्सँगै भएको हिमपातले माथिल्लो क्षेत्रमा चार फिटसम्म हिमपात भएकाले शनिबारदेखि यातायातका साधन चल्न नसकेको सिंहलीला ल्याण्डरोभर एशोसिएसनका अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । पर्यटकीय क्षेत्रको पदमार्ग शुरु हुने मानेभञ्ज्याङस्थित लामीधुरादेखि तीन हजार ६३६ मिटर उचाइको सन्दकपुरसम्म शनिबार बाक्लो हिमपात भएको थियो । 

सन्दकपुर क्षेत्रमा पर्यटकको सुविधाका लागि चल्दै आएका गाडीहरू हिमपातका कारण सूर्योदय नगरपालिका–१ स्थित लामीधुरामै बसेका छन् । माईजोगमाई गाउँपालिकास्थित कृषि अनुसन्धान परिषद्को अनुसन्धान केन्द्र रहेको जौबारीसम्मको सडकमा रहेको हिउँ सोमबार बेलुकीसम्ममा पग्लिसक्ने भए पनि सन्दकपुरमा अझै सात दिनसम्म गाडी नचल्ने यातायात व्यवसायीले जनाएका छन् । 

जौबारीदेखि सन्दकपुर सडकखण्डमा चार फिटसम्म हिमपात भएकाले त्यो नपग्लिएसम्म गाडी सञ्चालन हुननसक्ने ल्याण्डरोभर एशोसिएसनका अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । पहाडी क्षेत्र बाटो उकालोओरालो भएको र गाडी चिप्लिएर दुर्घटना हुने भएकाले पूरै हिउँ नपग्लिएसम्म गाडी नचल्ने व्यवसायीको भनाइ छ । 
––– 

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit