२०८३ असार १० बुधबार
Search
Close this search box.

मुसहर वस्तीका ३२ बिद्यार्थीलाई शैक्षिक सामग्री

झापा, बिराट आधारभूत बिद्यालयको कक्षा ७ मा पढ्ने काजल ऋषिदेवलाई जुता नभएर बिद्यालय आउन गाह्रो भएको थियो । स्कूलड्रेस भएपनि उनी खुट्टामा चप्पल लगाएर स्कूल आउँथिन् । त्यस्तै सोही कक्षा पढ्ने लक्ष्मी ऋषिदेवलाई पनि जुताकै समस्या थियो । अभिभावकले किनिदिने अबस्था छैन । त्यसलाई मध्यनजर गरी बीरता लेडीज जेसिजले मुुसहर बिद्यार्थीहरुलाई जुता र ब्याग प्रदान गरेको छ । जसबाट सबै मुसहर बिद्यार्थीहरुको समस्या समाधान भएको छ ।
आज बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी बीरता लेडी जेसीजले बिपन्न मुसहर समुदायका ३२ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको हो । वीरता लेडी जेसीजकी अध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकारी युवराज पाण्डेले ती शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । उहाँले त्यस बिद्यालयका दुईजना बिधार्थीलाई कक्षा १२ सम्म पढाइदिने उद्घोष गर्नुभयो । कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ,कार्यपालिका सदस्य गीता घिमिरे, वडा नं ३ की वडासदस्य सृष्टि दाहाल,बिराट आधारभूत बिद्यालयका अध्यक्ष नारायण शिवाकोटी, प्रधानाध्यापक बद्रीप्रसाद बाँस्कोटा,लेडीज जेसिजकी संस्थापक अध्यक्ष शारदा रिजाल,मुसहर बस्ती बिकास निर्माण समितिका अध्यक्ष इन्द्रसिंह राजवंशी लगायतले बोल्नुभएको थियो ।
दीपा अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन सुष्मा भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा आस्था वाचन सविता खनालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit