२०८३ असार १० बुधबार
Search
Close this search box.

ढकाललाई मानवीय सेवा सम्मान

सुरुङ्गा, चुडाल बन्धु कल्याण केन्द्रीय समितिको ११ औं वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा मानवीय सेवामा समर्पित सामाजिक व्यक्तित्व नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललाई विशेष सम्मान गरिएको छ ।

समितिले साधारण सभाको अवसरमा हरेक वर्ष छुट्टा छुट्टै विधामा एकजना सामाजिक क्षेत्रका अगुवा व्यक्तित्वलाई विशेष सम्मान गर्दै आएको छ । यस अघि दशौं वार्षिक साधारण सभाको अवसरमा संचार क्षेत्र तर्फ कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष पत्रकार रामप्रसाद निरौलालाई विशेष सम्मान गरिएको थियो भने यस पटक लामो समयदेखि मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी झापाका ढकाललाई दोसल्ला ओढाएर नगद १० हजार सहित सम्मानपत्रका साथ विशेष सम्मान गरिएको हो । सम्मानित व्यक्तित्व ढकाललाई स्व. हिमादेवी चुडाल अक्षयकोषवाट सम्मान गरिएको वताइएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका ढकाललाई समितिका केन्द्रिय अध्यक्ष गोपाल चुडाल साथै कोषका प्रतिनिधिका तर्फवाट दोसल्ला ओढाएर सम्मान पत्र वितरण गरिएको थियो ।

काठमाण्डौ क्षेत्रीय समितिका तर्फवाट चुडाल बन्धुका छोराछोरीहरु मध्ये गत वर्षको एसईई परीक्षामा नेपाल पुलिस सेकेन्डरी स्कूल काभ्रे बनेपावाट वन्धुहरु मध्येमा सवै भन्दा बढी अंक ल्याउँने झापा विर्तामोड ४ निवासी पशुपति र मनिता चुडालका सुपुत्र अभिषेक चुडाललाई नगद रु.५ हजार सहित सम्मान पत्रका साथ सम्मान गरिएको छ ।

त्यस्तै छात्रा तर्फको पुरस्कार स्व.भक्तमाया चुडालको स्मृत्तिमा छोरी शान्ता चुडाल खरेलले वालकल्याण आवासीय मावि विर्तामोडवाट गत वर्षको एसईईमा सवैभन्दा वढी अंक ल्याउँने अर्जुनधारा ६ निवासी भानुभक्त र तारादेवी चुडालकी सुपुत्री सुजता चुडाललाई नगद रु.४ हजार सहित सम्मान पत्रले सम्मान गरेकी छन् ।

त्यस्तै स्व.हिमादेवी चुडाल अक्षयकोषवाट लामो समयदेखि आमावुवा र सासु ससुरालाई स्याहार गर्ने असल छोरीका रुपमा विर्तामोड ७ गरामनिकी तारादेवी चुडाल र असल वुहारी तर्फ हल्दीवारी ४ जलथलकी दिपा चुडाललाई नगद सहित सम्मान पत्रका साथ विशेष सम्मान गरिएको छ । त्यस्तै जगमाया चुडाल शिवाकोटीद्वारा आफ्ना पितामाता श्रीप्रसाद र जसोदा चुडालको स्मृत्तिमा स्थापना गरेको अक्षयकोषवाट मेची नगर वडा नं.७ निवासी एकल महिला ठगमाया चुडाललाई नगद रु.५ हजार सहित सम्मान गरिएको छ ।

त्यस्तै चुडाल वन्धु कल्याण समितिको स्थापनाकालदेखि हालसम्म पनि महत्वपूर्ण योगदान दिने विर्तामोड निवासी निवर्तमान उपाध्यक्ष श्रीकृष्ण चुडाल र इटहरी निवासी कृष्णप्रसाद चुडाललाई समेत विशेष सम्मान गरिएको समिति अन्तर्गतको आमावुवा कोषका संयोजक प्रेमप्रसाद चुडालले बताउनुभयो ।

सुरुङ्गास्थित कनकाई वहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न भएको साधारण सभावाट आगामी कार्यकालका लागि समाजसेवी विष्णुप्रसाद चुडालको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा गोमादेवी चुडाल,उपाध्यक्ष श्रीप्रसाद चुडाल, महासचिवमा प्रेमप्रसाद चुडाल(प्रकाश), कोषाध्यक्षमा छत्रप्रसाद चुडाल निर्वाचित भएका छन् भने सदस्यहरुमा क्रमशः गोपाल, मीना, झुमा, छवी, देवनारायण, मनिता र भिष्मकुमार चुडाल निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्ष कार्य समितिको पदेन सदस्य रहने भएकाले अन्य तीनजना सदस्यहरु समितीको पहिलो वैठकवाट मनोनीत गरी १७ सदस्यीय कार्यसमितिलाई पूर्णता दिने नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद चुडालले बताउनुभयो ।

समितिको सर्वसम्मत नेतृत्व चयनका लागि वेनुप्रसाद चुडालको संयोजकत्वमा डम्वरप्रसाद र दिपक चुडाल सदस्य रहेको निर्वाचन मण्डलले महत्वपूर्ण भूमिका खेलेको न्यायीक उपसमितिका सदस्य कृष्णप्रसाद चुडालले बताउनुभयो । केन्द्रिय समितिका अध्यक्ष गोपाल चुडालको सभापतित्वमा सम्पन्न साधारण सभामा महासचिव विष्णुप्रसाद चुडालले केन्द्रिय कार्यसमितिका तर्फवाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कोषाध्यक्ष श्रीप्रसाद चुडालले आयव्यय विवरण प्रस्तुत गर्नुभयो । उपाध्यक्ष मनिता चुडालको स्वागत तथा सचिव भरतमणि चुडालले संचालन गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व लोकराज ढकाल, नेपाली कांग्रेस झापाका पूर्व उपसभापति देउकुमार थेवे, चुडाल वन्धुका संरक्षक भद्रप्रसाद चुडाल, काठमाण्डौ क्षेत्रीय समितिका उपसभापति चिरञ्जीवी चुडाल, कनकाई नगरपालिकाका प्रस्तावित प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडाल लगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit