बुधबारे, झापाको बुद्धशान्तिमा रहेको जोइन्ट हेन्ड युथ सोसाइटीको शव बाहन खरिद गर्ने योजना सफल पार्न काठमाडौ कुपण्डोल निवासी मोहन प्रसाईले आप्mना स्वर्गीय बुवा–आमाको स्मृतिमा एक लाख एक रुपैंया सहयोग प्रदान गरेका छन् । प्रसाईंले स्वर्गीय बुवा–आमाको पनि परोपकारी मन रहेको बताउँदै उहाँहरुको स्मृतिमा आफूले सेवा भावले शव बाहन खरिद गर्न सो रकम प्रदान गरेको बताएका छन् ।
शव बाहन खरिदको योजनालाई मुर्तरुप दिन मकवानपुर, पोखरा र काठमाडौंबाट थप ७२ हजार ६ सय १५ रुपैंया संकलन भएको छ । सो रकम सहित सामाजिक सेवाका लागि गठन भएको जोइन्ट हेन्डले हाल सम्म शव बाहन खरिद गर्न रु तीन लाख रुपैंया संकलन गरिसकेको सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईंले बताएका छन् ।
को हुन् तेजबहादुर प्रसाईं ?
स्व. तेजबहादुर प्रसाई एक सामाजिक व्यक्तित्व हुन् । उनको जन्म वि.स. १९८६ भाद्र शुक्ल प्रतिपदाका दिन ताप्लेजुङको आठराईमा भएको थियो । दिल्ली विश्वविद्यालयबाट सन् १९५७ मा एम.कम. को अध्ययन पूरा गरेका उनको देवकला प्रसाईंसँग विवाह भएको थियो । प्रसाईंका तीन छोरा र चार छोरी मध्ये हाल दुई छोरा र एक छोरीमात्र जिवित छन् । युवा अवस्थामा विद्यार्थी नेता एवं समाजसेवीका रुपमा चिनिसकेका उनी त्रिचन्द्र क्याम्पसमा वाणिज्य विषयमा लेक्चरर (सन् १९५७–५८), आर्थिक विश्लेषक, नेपाल राष्ट्र बैंकमा रिसर्च अफिसर, पोखरा, महोत्तरी, नेपालगञ्ज र सप्तरीको बडा हाकिम र भक्तपुरको मेजिस्टे«ट, सगरमाथा, बाग्मती र लुम्बिनी अञ्चलहरुको अञ्चलाधीश, नेपाल वायुसेवा निगमको महा–प्रबन्धक, नेशलन टे«डिङको महाप्रबन्धक, सह–सचिव यातायात र संचार मन्त्रालयहरुमा जिम्मेवारी सम्हालेका थिए ।
त्यस्तै पर्यटन विभागको महानिर्देशक, एनआइडीसीको महाप्रबन्धक, का.मु. सचिव, निर्वाचन आयोग, शिक्षा सचिव, नेपाल बायुसेवा निगमको कार्यकारी अध्यक्ष, पर्यटन सचिव, बाग्मती अञ्चलाधीश, स्वास्थ्य सचिव भएर सेवा प्रदान गरेका थिए । टाइगर टप्सको समेत सल्लाहकार रहेका उनले ८ बर्ष सचिव र अन्य सरकारी पदमा २८ बर्ष सेवा प्रदान गरे । उनी एशियन इन्टिच्युट अफ टेक्नोलोजी, प्यासेफिक एरीया ट्राभल एसोशिएसनमा पनि संग्लन थिए । उनी त्रिमुर्ति पुरस्कार २०६७ र भानुभक्त पुरस्कार २०७१ बाट पनि सम्मानित भए । त्यतिमात्र होइन उनले मानपदवी र अंल्कार पदकहरु त्रिशक्ती पट्ट तेश्रो (१९८१ शिक्षा सचिव हुँदा, गोर्खा दक्षिण बाहु – तेश्रो – १९६३ (नेपालगञ्जको बडा हाकिम हुँदा), जान पद सेवा पदक, जनमत संग्रह पदक, शुभ राज्यभिषेक पदक, दीर्घ सेवा पदक पनि प्राप्त गरेका छन् ।


















