बिर्तामोड, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खेल, साहित्य र संगीतले देशलाई जोड्ने बताउनुभएको छ ।
खेल जगतले अनुशासन, समय सीमा, मर्यादा समेत सिकाउने भएकाले खेलले राष्ट्रलाई उहाँको भनाई छ । झापाको बिर्तामोडमा जारी चौथो मगमग झापा गोल्डकप प्रतियोगितामा संक्षिप्त सम्वोधन गर्दै उहाँले जारी गोल्डकप प्रतियोगिताले झापालीलाई मात्र नभई सिङ्गो देशवासीलाई जोड्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो – झापा गोल्डकप प्रतियोगिता देशकै गहना हो यो प्रतियोगिताले झापाली झापाली र नेपाली नेपालीलाई जोड्छ ।’
खेलकुदमा न त राजनीतिक रंग हुन्छ न त कुनै स्वार्थ नै लुकेको हुन्छ शर्मा भन्नुहुन्छ –‘ आगामी दिनमा झापा गोल्डकपले निरन्तरता पाउँनु पर्छ । आम झापावासीको यही चाहना छ ।’
हरेक वर्ष आयोजना हुने प्रतियोगिता निरन्तर प्ररिस्केत र प्रविधि मैत्री हुँदै गएको बताउँदै उहाँ भन्नुहुन्छ –‘ झापा गोल्डकपले देश विदेशमा समेत छुट्टै पहिचान नै बनाएको छ । यसले आम नेपालीलाई जोडेकाले प्रतियोगिताले निरन्तरता पाइरहोस् शुभकामना ।’
राष्ट्र निर्माणमा सवैको भूमिका उत्तिकै रहने बताउँदै शर्माले भन्नुभयो –‘दलीय स्वार्थ भन्दा माथि उठेर खेल जगतजस्तै नेपालको राजनीति संङ्लिने हो भने समृद्ध मुलुक निर्माणमा समय लाग्दै तसर्थ दालका नेताले पनि खेल क्षेत्रवाट सिक्न जरुरी छ ।’
यता नेपाल रेडक्रश सोसाइटी झापाका सभापति लोकराज ढकालले झापा गोल्डकप व्यवस्थापकीय हिसावले उत्कृष्ट रहेको बताएका छन् । यसले समग्र झापाली खेल प्रेमी प्रति उत्साह जगाएको छ भन्दै ढकालले भने–स्तरीय रंगशाला बनेपनि स्थायी प्याराफिट निर्माण गर्न सके भावी दिनमा अझ सहज रुपमा खेल खेलाउन सकिन्छ ।’

















