२०८३ असार १० बुधबार
Search
Close this search box.

बलिउडको यात्रामा मधु

शैय्या नामक हिन्दी गीतमा जमेका छन् झापा बाह्रदशी गाउँपालिका–६ का मधु न्यौपाने । थोरैले मात्र भारतीय चलचित्र तथा गीतमा मोडलिङ र अभिनय गर्ने गरेका छन् । कतिपय सफल भएका छन् र कतिपयले संघर्ष गरिरहेका छन् ।
बाह्रदशीका न्यौपाने पनि नेपाली सांगीतिक क्षेत्र हुँदै भारतीय म्युजिकतर्फ आकर्षित भएका छन् । उनले हिन्दी गीत शैय्यामा दमदार प्रस्तुति देखाएका छन् । भर्खरैमात्र युट्युव च्यानल मार्फत रिजिल गरिएको उक्त गीतमा उनको उत्कृष्ट अभियन पाउन सकिन्छ ।


नेपालका दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिरहेका न्यौपाने विशेषतः रेडियोकर्मी हुन् । रेडियोकर्मबाट मोडलिङमा छिरेका उनले छोटो समयमा नै थुपै्र फ्यान बनाए अनि त्यतिनै चर्चा बटुले अहिले उनी नेपाल ‘मुभी’भन्दा भारतीय ‘मुभी’मा बढी झुकाम राख्छन् । उनको लक्ष्य छ– उत्कृष्ट भारतीय मुभीमा अभिनय गर्ने । म्युजिक भिडियो मार्फत ठूलो पर्दाको चलचित्रमा काम गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनी भन्छन्– ‘शैय्याबाटै थाहा हुन्छ अबको यात्रा मेरो कस्तो हुने हो ।’
बिर्तामोडमा रहेको रेडियो विराटमा ‘आइ मिस यू’ भन्ने कार्यक्रम निरन्तर पाँच वर्षसम्म चलाएका उनले थुपै्र फ्यान कमाए । त्यहीबेला उनले म्युजिक भिडियो र सर्ट ‘मुभि’मा काम गरे भने दर्जन बढी विज्ञापनमा उनले अभिनय गरे नेपालमा कलाकारलाई हेर्ने दृष्टिकोण केही फरक भए पनि भारतमा कलाकारको इज्जत र पारिश्रमिक उच्च रहने बताए ।
‘पैसा छ भने जो पनि मोडल हुन सक्दो रहेछ’ –न्यौपाने भन्छन्– ‘नेपालमा मोडलिङ फेशन नै भइसक्यो गाउँ, समाज, आफन्त र घरपरिवारमा पनि मोडलिङ भन्ने बित्तिकै नाक खुम्चिन्छ, तर भारतमा त्यो नहुँदो रहेछ ।’ पूर्वमै रहेर प्रोफेसशनल मोडलिङ क्षेत्रमा लाग्ने र नामसहित दाम कमाउने आफ्नो लक्ष्य रहेको उनले बताए । ‘राम्रो स्क्रिप्ट र क्यामेरा पाए ठूलो पर्दामा समेत काम गर्छु ।’ –उनले भने– ‘अफर नआएका पनि होइनन् तर राम्रो ब्यानर नभएकाले भारतीय ‘मुभी’मा काम गरिन ।’
तारावीर पाण्डेको ‘तिम्रो माया यो मुटुमा’मा उत्कृष्ट अभिनय गरेका उनले अहिले टीका प्रसाईंको ‘सुम्पेको छु जीवन तिमीलाई’ मा पनि उत्कृष्ट अभिनय गरेका छन् । नाटक र कलाकारितामा विद्यार्थी जीवनबाटै रुची राखेका उनले पहिले म्युजिक भिडियो प्रमोद खरेलको ‘मेरो माया मेरो धड्कन’मा अभियन गरेका थिए । म्युजिक कम्पनी विन्दवासिनीले तयार गरेको यो ‘म्युजिक भिडियो ’मा उत्कृष्ट अभियन गरेका कारणा ‘मेरो माया मेरो धड्कन’बाट डेब्यु गरेका हुन् । टिभी सिरियल ‘स्टुडेन्टमा मुख्य भूमिकामा अभियन गरेका उनले बलिउडसम्मको यात्रा तय गरेका छन् ।

मधुका मोडलिङ यात्राका केही तस्कीरहरु ।

    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit