२०८३ असार १० बुधबार
Search
Close this search box.

नामिबियाको जेलमा २८६ विदेशी नागरिक बन्दी

 

विन्धोक,  नामिबियाको कारागारमा विभिन्न देशका २८६ विदेशीहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । 

सुधार सेवा कार्यालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार सवैभन्दा धेरै जाम्बियाका नागरिक रहेका छन् ।

उनीहरुले नामिबियाको कारागारमा जाम्बियाका १२० जना रहेको र ती मध्ये एक जना महिला रहेको पनि जानकारी दिएका छन् । कारागारमा रहेकामध्ये सवैभन्दा धेरै ४१ जना आक्रमणको मुद्दामा परेका हुन् । त्यसपछि धेरै १९ जना बलात्कारको मुद्दामा जेल परेका हुन् ।

नामिबियाको कारागारमा रहेका विदेशीहरूमध्ये दोस्रो धेरै ९१ जना अङ्गोलका रहेका छन् । उनीहरुमध्ये धेरैजसो आक्रमण सम्वन्धी र लागुऔषधसम्बन्धी अपराधमा कारागार चलान भएका हुन् ।

त्यस बाहेक जिम्बाब्बे, दक्षिण अफ्रिका, तान्जेनियालगायतका देशका नागरिक पनि नामिबियाको कारागारमा रहेको अधिकारीहरुले जनाएका छन् ।  (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit