२०८३ असार १० बुधबार
Search
Close this search box.

गजल

 

रन्जु विडारी रेग्मी

डिस्कोमा सीता खाडीमा हजारौं राम भेटिन्छन्
रामको पसिनाले देशमा बस्नेलाई माम भेटिन्छन् ।

डिग्रीको प्रमाणपत्र दराजमा ,खेतीपाती बाझो राखी
हेर्नुस् विदेशीने युवाको ,मेनपावरमा लाम भेटिन्छन् ।

छोराछोरी श्रीमतीलाई बजारमा राखी उड्छ छोरो,
गाउघरमा युवा होइन सबै अस्ताउदा घाम भेटिन्छन्।

फोहोर बाट मोहोर टिप्छ,छिमेकीले कबाड बटुली
देशका युवा सधैं सोध्छन्, यहाँ के काम भेटिन्छन् ।

कमाएरै फर्के त हुन्थ्यो हजुर ,विदेशीने युवाहरु सबै
अखबारमा सधैं परदेशमा मर्नेहरुको नाम भेटिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit